Logo

२०८३, आश्विन ९गते


images
images

गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता अवार्ड परिचयका प्रेम थापालाई

गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता अवार्ड परिचयका प्रेम थापालाई

images
  • गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता अवार्ड परिचयका प्रेम थापालाई
    images
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् । 


    कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले थापालाई प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे ।  सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधीका कंडेल, किरण आचार्य, रजनी तामाङ्ग पर्न सफल भएका थिए । उनिहरुलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका हुन् ।


    उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्व अध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए । उनिहरुको नजरमा प्रेमको फोटो परेको हो ।
    अवार्ड प्राप्त गरिसके पछि प्रेम खुशी देखिन्छन । मिहिनेतको प्रतिफल मिलेको अभिव्यक्ती उनको छ । आगामी समयमा समेत फोटो पत्रकारितालाई निरन्तरता दिंदै जाने प्रतिबद्धता उनले गरेका छन ।


    कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफुले पनि फोटोग्राफी सम्बन्धि तालिम लिएको स्मरण गरे । फोटो पत्रकारका सुख दुखमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ । फोटो माध्यम देशको अवस्था झल्काउन सहज हुने भएकाले यहाँको सांस्कृतिक संरक्षणमा फोटो पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहेको भनाई उनको थियो ।


    युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पछिल्लो समयमा फोटो पत्रकारितामा युवाहरुको आकर्षण देख्दा खुशी लागेको बताए । फोटो पत्रकारितालाई पेशा बनाई जीविकोपार्जन गर्ने पत्रकारको संरक्षणमा सरकार लागेको भनाइ उनको छ ।समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जना नोमीनेशनवाट छनौट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरेको थियो । विभिन्न विधा अन्र्तरगत नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ सुनील सर्मा , खेलकुद फोटोपत्रकारीता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैंक आर्थिक फोटोपत्रकारिता विधामा असोक दुलाल, राजनैतिक फोटोपत्रकारिता विधामा नविन बाबु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधामा दिपेन्द्र मर्हजनलाई अवार्ड प्रदान गरिएको छ ।

    प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधा तर्फ गण्डकीबाट प्रेम सङ्गै प्रदेश नं। १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा  जियालाल प्रसाद साह, बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा सन्तोष श्रेष्ठ ,लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा वसन्त प्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा विनोद विष्टले अवार्ड जित्न सफल भएका छन ।


    उक्त समारोहमा हरिगोपाल फोटोपत्रकारिता पुरस्कार तथा सम्मानवाट साहासिक फोटो पुरस्कारवाट झापाका नेत्रविक्रम विमली ,खेलकुद तर्फ विनय कुमार वानीयाँ, पर्या पर्यटन तर्फ प्रदीपकुमार श्रेष्ठ,संस्कृति सम्पदा तर्फ किरण आचार्य,मनोरन्जन तर्फ अजय मर्हजनलाई वितरण गरिएको थियो भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटोपत्रकारिता तर्फ अनलाइन खवरका फोटोपत्रकार आर्यन धिमाललाई नगद रु १० हजार सहित प्रदान गरीएको थियो ।यस वर्षको एनएफपिजे नेपाल लाईफटाईम एचिभमेन्ट एवार्डबाट वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नगद रु ५० हजार सहित सम्मानगरिएको छ । उनले आफुले पाएको नगद रु ५० हजार पत्रकारहरुकै कोषमा राख्ने प्रतिबद्दता सहित उक्त कार्यक्रममा चेक हस्तान्तरण गरेका छन् ।


    उक्त कार्यक्रममा सस्थाका सस्थापकहरु लगायत विभिन्न मिडियामा काम गरेका वरिष्ठ फोटोपत्रकार लगायत नेपालका फोटोपत्रकारहरुलाई पनि सम्मान अर्पण गरिएको थियो ।  राष्ट्रिय फोटोपत्रकार आपतकालीन राहतकोषमा रकम सहयोग गर्ने विभिन्न समाजसेवीहरुलाई पनि प्रसंसा प्रत्र प्रदान गरीएको थियो ।संस्थाको रजत जयन्तिको अवसरमा सार्क राष्ट्रका फोटोपत्रकार संघलाई निमन्त्रणा गरेता पनि यस वर्ष बंगलादेश फोटो जर्नलिष्टका वरिष्ठ उपाध्यक्ष नसिम सिक्दर लगायत १२ जना  फोटोपत्रकारको उपस्थिति रहेको समुहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराएका थिए ।


    कार्यक्रममा  अल इन्डीया ओरकीङ न्यूज क्यामेराम्यान एसोसीयनका अध्यक्ष एन। एस। सिन्हाको उपस्थिति थियो । यस्तै, उक्त कार्यक्रममा विदेशी फोटोपत्रकारलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो । उक्त अवसरमा वंगलादेशका फोटोपकारहरुले खिचेका फोटोहरु पनि प्रर्दशनी गरिएको थियो

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगर पालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।