Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

images
  • बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
    मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको हो।

    images
    images
    images
    WhatsApp Image 2023-11-07 at 1.35.14 PM.jpeg

    राहत सामग्री लिएर बुटवल उपमहानगरपालिकाबाट सुरेन्द्र बहादुर कार्की, दीपक राना, पत्रकारहरु ललित पाण्डे र कपिल अधिकारी जाजरकोटको नलगाड पुगेका हुन्।
    बुटवल उपमहानगरपालिकामा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती पठाएको चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक ट्रक सामान मंगलबार हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

    images
    images
    images

    प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप ५ लाख रुपैयाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णयअनुसार प्रभावित क्षेत्रको मागअनुसार खाद्यान्न र लत्ताकपडा पठाइएको बताए।

    images
    images
    images

    उनले बुटवलले बुटवलभित्रका संस्थाहरुलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि आह्वान गरेका छन्।

    बुटवल उपमहानगरपालिकाले बुटवलका संघसंस्था र अन्य सहयोगीहरुलाई एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपील गरेको छ। जसका लागि उपमहानगरपालिकाले विपद शाखा प्रमुख योगेश चापागाइँलाई फोकल पर्सन तोकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।