Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उपमहानगरले खेलाडी उत्पादन गर्न विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने

बुटवल उपमहानगरले खेलाडी उत्पादन गर्न विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने

images
  • बुटवल उपमहानगरले खेलाडी उत्पादन गर्न विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ।

    images
    images
    images

    खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

    images
    images
    images

    मंगलबार खेल पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक संरचना तयार गर्नका लागि चासो दिएको बताए ।

    images
    images
    images

    उनका अनुसार नगरस्तरीय विद्यालयहरुका बीचमा मेयरकप फुटबल प्रतियोगिताका लागि २० लाख रुपैयाँ छुट्याइएको छ। यसक्षेत्रकै उत्कृष्ट राशीको विद्यालयस्तरीय प्रतियोगिता हुने र यसले खेलाडी उत्पादनमा समेत सहयोग गर्ने उनले बताए । 'खेलक्षेत्रमा ठूला प्रतियोगिता गर्नेमा मात्रै ध्यान दिएर हुँदैन, अब यसलाई फरक दृष्टिले हेर्नुपर्छ र नगरमै खेलाडी उत्पादन गर्नेतर्फ जोड दिने र संरचना निर्माणतर्फ बढी चासो दिनेछौं'-उनले भने ।

    चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाले खेलकुदका लागि २ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको र विद्यालयस्तरीय फुटबल प्रतियोगिता, तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, लनटेनिस, क्रिकेट, आर्चरी, ब्याडमिन्टन प्रतियोगितालाई विशेष प्राथमिकता दिएको उनको भनाई छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।