Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेको खाना खाएर कांग्रेस र माओवादीको गाना गाउने काम भयो : पूर्वमन्त्री बस्नेत

एमालेको खाना खाएर कांग्रेस र माओवादीको गाना गाउने काम भयो : पूर्वमन्त्री बस्नेत

images
  • एमालेको खाना खाएर कांग्रेस र माओवादीको गाना गाउने काम भयो : पूर्वमन्त्री बस्नेत
    images
    images

    काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीलाई सिध्याउनको लागि माधव नेपालहरुले भूमिका खेलेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले माधव नेपाल समूहलाई नयाँ केशरजंग रायमाझी र गद्दारको संज्ञा दिएका छन् । आज आयोजित राष्ट्रिय युवा संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले भने,‘७३ वर्ष पछाडि कम्युनिष्ट आन्दोलनलाई सरकारमा पुर्याएर, जनवादी आन्दोलनलाई नेतृत्वमा पुगेको, नेपालको राजनीतिको अस्थिर र महत्वकांक्षी पात्र प्रचण्ड हुन, उहाँमार्फत त्यो अभियान घुस्यो, त्यसमा हाम्रो पार्टीभित्रको गुटबन्दीलाई बेलैमा हामीले उपचार गर्न सकेनौं, बेलैमा उपचार गरेको भए सामान्य औषधी खाएर पनि निको हुन्थ्यो, तर क्यान्सर भएपछि अब औषधीले काम गर्दैन् ।

    images
    images
    images

    त्यसलाई काटेर पनि फाल्नुपर्ने हुन्छ । एमालेको खाना खाएर कांग्रेस र माओवादी केन्द्रको गाना गाउने काम भयो, अब तिनीहरुलाई पार्टीबाट निश्काषन गर्नेछ । हाम्रा विगतका धेरै तिता मिठा अनुभव छन् ।’ उनले माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पुच्छरको संज्ञा पनि दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।