Logo

२०८३, श्रावण ३१गते


images
images

प्रदेशले स्थानीय तहको अधिकारमाथि  शासन गर्दैन : मुख्यमन्त्री पाण्डे

प्रदेशले स्थानीय तहको अधिकारमाथि  शासन गर्दैन : मुख्यमन्त्री पाण्डे

images
  • प्रदेशले स्थानीय तहको अधिकारमाथि  शासन गर्दैन : मुख्यमन्त्री पाण्डे
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ ।

    images
    images
    images

    बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुने भन्दै संविधानको मर्म अनुसार सहकार्य, सह अस्तित्व र समन्वय हुनुपर्ने बताए । प्रदेश, स्थानीय तह र संघले संचालन गर्ने योजना, बजेट, योजना बैंक, कानुनहरु निर्माण, स्थानीय तहमा देखा परेका समस्याका बारेमा छलफल केन्द्रित भएको थियो ।

    images
    images
    images

    बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय सरकारसँग शाशन गर्ने इच्छा आफुलाई नभएको बताउँदै भने ‘मैले संघ सरकारसँग अधिकार मागिरहेको छु, फेरी म तपाईहरुलाई दिनुपर्ने अधिकारमा शाशन गर्ने मनस्थितीमा छैन, म त्यस्तो चाहान्न ।’ प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

    images
    images
    images

    बैठकमा पाँचौँ बैठकको निर्णय कार्यन्वयनको अवस्था, संघ, प्रदेश र स्थानीय तहका सरकार विच समन्वय र सहकार्य  गर्नकालागि गण्डकी प्रदेश सरकारले गरेको प्रयासहरुका बारेमा प्रदेश छलफल भएको थियो ।
    छलफलमा गण्डकी प्रदेश समन्वय परिषद्का सदस्यहरु, मन्त्रिहरु लगायतको उपस्थिती थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।