काठमाडौं- काठमाडौंमा प्रदर्शनरत युवा संघ र मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान भएको छ।
आज तीनकुनेमा प्रदर्शन गर्ने भनिएका नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका थिए।
सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको हो।
बयोधा अस्पताल नजिक भइरहेको प्रसाईंको आन्दोलनमा करिब २५० जना र युवा संघकोमा करिब ७० जना सहभागी रहेका छन्।
थप विवरण आउन बाँकी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology