Logo

२०८३, आश्विन ९गते


images
images

कविता : एक हुल मान्छेहरु 

कविता : एक हुल मान्छेहरु 

images
  • कविता : एक हुल मान्छेहरु 
    images
    images

    कविता : एक हुल मान्छेहरु 

    images
    images
    images

    हिजो कहाँ थिए, आज कहाँ र भोलि कहाँ हुनेछन् ?
    राजनीतिमा दिनहुुँ अराजकता बढ्दैछ
    मान्यवर
    संस्कार र पद्धतिलाई दोष दिएर
    पार्टी फेर्दैछन एकहुल मान्छेहरु। 

    images
    images
    images

    देख्नु भएकै होला
    मुखमा छन् हरि, मनमा छैन राम
    मासिदैछ मानवता नासिदैछ धर्म
    मान्यवर
    हृदयमा खोट लिएर
    मन्दिर बनाउँदैछन, एकहुल मान्छेहरु। 

    images
    images
    images

    दु:खका साथ भन्दैछु
    लुटि ल्याउँ, लुकि खाउँ भन्ने जमात बढ्दैछ
    धनको लागि आमा बेच्न अघि सर्दैछ
    मान्यवर
    बेइमानीको भोट लिएर
    नैतिकतवान बन्दैछन एकहुल मान्छेहरु 

    के हुँदैछ आजभोलि ?
    भजनमा भन्दा र्यापमा ध्यान जान थाल्यो
    उद्वारमा भन्दा बलात्कारमा मन दौडाउन थाल्यो
    मान्यवर
    मुखमा राम जपेर
    साधु बन्दैछन एकहुल मान्छेहरु। 

    सुनिदैछ कोहि कसैलाई
    राम मन पर्यो अरे बनवास मन परेन अरे
    सीता मन पर्यो अरे पतिव्रता धर्म मन परेन अरे
    मान्यवर
    मनमा अधर्म बोकेर
    ब्रम्हाचारी बन्दैछन एकहुल मान्छेहरु 

    आहा !
    रास्ट्रवादको मिठो भाषण एकातिर
    रास्ट्रसंघको हरियो नोट अर्कोतिर 
    मान्यवर
    डलरमा र्याल काढ्दै
    रास्ट्रवादी बन्दैछन एकहुल मान्छेहरु। 

    जताततै छन् काटमार हत्या र हिंसा मात्रै 
    जतासुकै छन् छलकपट र जालसाजी मात्रै 
    मान्यवर
    दृश्यहरु भयावह नियाल्दै
    चस्मा फेर्दैछन एकहुल मान्छेहरु 

    - रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ ५ सामरी, नुवाकोट ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।