Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै स्वर्णिम वाग्ले

images
  • राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै स्वर्णिम वाग्ले
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ ।

    images
    images
    images

    पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाका एक नेताले बताए ।

    images
    images
    images

    उनका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने बुधबार हुनेछ ।

    images
    images
    images

    पार्टी वरियतामा सभापति लामिछानेपछि अर्याल रहनेछन् भने त्यसपछि वाग्ले रहनेछन् । वरियता निर्धारण अल्फावेट अनुुसार राखिने रास्वपा स्रोतको भनाइ छ ।

    वाग्लेलाई उपसभापतिमा मनोनित गर्ने विषयमा छलफल गर्न शीर्ष तहका नेताहरु विच सोमबार साँझ छुट्टै बैठक बसेको थियो । रास्वपाका एक नेताका अनुसार केही दिनअघि रास्वपा प्रवेश गरेका डा. नन्दन यादवलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । धनुषाका यादव लोहियावादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए ।

    पार्टीको विधान अनुसार उपसभापतिको कार्यमा सभापतिलाई आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र कार्यसम्पादन समितिले तोकेको कार्य गर्ने छ । सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ ।

    गत चैतमा कांग्रेसबाट रास्वपा प्रवेश गरेका वाग्लेले गत वैशाखको उप चुनावमा तनहुँ–१ बाट जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णिम वाग्ले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।