Logo

२०८३, श्रावण ३०गते


images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, नेवानिको एकाधिकार तोडियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, नेवानिको एकाधिकार तोडियो

images
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, नेवानिको एकाधिकार तोडियो
    images
    images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ग्राउन्ड ह्याण्डलिङ प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । 

    images
    images
    images

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एअरलाइन्सले पनि ग्राउन्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । आजदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ ।

    images
    images
    images

    प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले गर्दै आएको ग्राउन्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ । 

    images
    images
    images

    प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम ग्राउन्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो । निगमको मुख्य आम्दानीको स्रोत रहेको ग्राउन्ड ह्याण्डलिङ सेवा बन्द भएमा निगम थप आर्थिक रुपमा कमजोर हुने जनाइएको छ ।

    'मापदण्ड पुगेका एअरलाइन्सले पनि ग्राउन्ड ह्याण्डलिङ सेवाको प्रतिस्पर्धामा भाग लिन पाउनेगरी निर्णय भएको छ, यसले नयाँ एअरलाइन्सले पनि अवसर पाउछन्,' प्रवक्ता निरौलाले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।