Logo

२०८३, श्रावण ३१गते


images
images

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

images
  • लगातार तेस्रो दिन घट्यो सुनको मूल्य
    images
    images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजसहित लगातार तेस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो । महासङ्घले आज तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

    images
    images
    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम थियो ।

    images
    images
    images

    यो साताको आइतबार समेत सुनको मूल्य घटेको थियो । शुक्रबारको तुलनामा आइतबार एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबारमा आएको महासङ्घले जनाएको छ । सुनको मूल्य लगातार तेस्रो दिन घटे पनि चाँदीको मूल्य भने स्थिर कायम भएको छ ।

    images
    images
    images

    आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ । हिजो समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।