Logo

२०८३, श्रावण ३०गते


images
images

विकास निर्माणका काममा अवरोध पुर्‍याउने सरकार नै हो : गगन थापा

विकास निर्माणका काममा अवरोध पुर्‍याउने सरकार नै हो : गगन थापा

images
  • विकास निर्माणका काममा अवरोध पुर्‍याउने सरकार नै हो : गगन थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरु गरेका विकास निर्माणका काममा अवरोध पु¥याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन् ।

    images
    images
    images

    बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताए ।

    images
    images
    images

    उनले सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए ।

    images
    images
    images

    उनले खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने बताए ।

    उनले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताए ।

    उनले भने– ‘सबै कामहरु नेपाल सरकारले नै गर्छ । नेपाल सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकास निर्माण अवरोध पु¥याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो । प्रधानमन्त्रीको सबै कामहरु रोक्ने मान्छे भनेको तपाई नै हो । प्याकेज ८,९ १० को खरिद व्यवस्थामा प्रक्रिया ढिलो हुँदा ५,६ महिना गयो, अझै ५ देखि ६ महिना लाग्छ । कसले नेपाल सरकारले गर्ने हो । बिष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो । यसलाई मन्त्रीपरिषद्ले निर्णय नगरी टुंगिदैन । ८३ मा बनाउनुपर्छ भन्ने सरकार, ०८३ मा नबनाएर ०९० पुर्‍याउने पनि सरकार नै हो । अहिलेकै काम जस्ताको त्यस्तै गरेर यो ०८३ मा सकिँदैन । यो ०९०, ०९२ पुग्छ ।’

    फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलले दिएको अभिव्यक्ति सामान्य रुपमा लिन नहुने बताए ।

    उनले आज नै सभामुख देवराज घिमिरेलाई भेटेर यसबारेमा छलफल गर्नुपर्नेमा जोड दिए ।

    उनले भने– ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले सरकारी शुण्डमुण्ड भनिकन हाम्रो समितिको सभापतिलाई भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर गरेर यो बैठक राख्नुभयो। निर्णय पनि त्यही अनुसार गर्नुभएको हो भनिकन सार्वजनिक रुपमा यो विषयलाई उठाउनुभएको छ । यो समितिको विषय हो की होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । कहिले कहीँ हुन्छ । संसदको गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रुपमा नलिन र सभामुखसँग उठाउन र गम्भीर रुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’

    उनले भने– यस्ता अभिव्यक्तिले संसद र सांसदको मा मर्दन हुने जिकिर गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।