Logo

२०८३, श्रावण ३०गते


images
images

न्यू नमूना स्कूलमा हाजिरीजवाफ

न्यू नमूना स्कूलमा हाजिरीजवाफ

images
  • न्यू नमूना स्कूलमा हाजिरीजवाफ
    images
    images

    देवदह ।  देवदह-९ भलुहीस्थित न्यू नमूना इंलिश बोर्डिंङ स्कूलमा हाजिरीजवाफ सम्पन्न भएको छ । नियमित शुक्रबारे कार्यक्रम अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्राचार्य चुराबहादुर थापाले जानकारी दिए । 

    images
    images
    images

    प्राइमरी, जुनियर र सिनियर तहमा भएको प्रतियोगितामा प्राइमरी तह अन्तरगत जेनिसा पुन, सुभम पाण्डे र क्रिश्मा पुनको समूह प्रथम र जिविका रणपाल, आध्या नेपाल र प्रिन्स मल्लको समूह दोस्रो भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    त्यसैगरी जुनियर तह अन्तरगत शुक्रराज सदनका इलेभ कुँवर, विकल्प अधिकारी, अनि क्षेत्रीको समुह प्रथम र दशरथ सदनका निशान न्यौपाने, रितकृति अधिकारी र जेशिका पुनको समुह दोस्रो भएको छ । 

    images
    images
    images

    सिनियर तह अन्तरगत गंगालाल सदनका आयुष्मान अधिकारी, दिलिप खत्री र खुसी रसाईलीको समूह प्रथम र दशरथ सदनका समिक्षा चौधरी, डेनिस सरू र अर्जुन खत्रीको समूह दोस्रो भएको छ । 

    प्रतियोगितामा शिक्षकहरू सागर पौडेल, कृष्ण प्रसाद पन्थी र मेलिना रेश्मीले सहजीकरण गरेका थिए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।