Logo

२०८३, श्रावण ३०गते


images
images

जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगितामा ग्रीनप्लाण्ट प्रथम  

जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगितामा ग्रीनप्लाण्ट प्रथम  

images
  • जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगितामा ग्रीनप्लाण्ट प्रथम  
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको जिल्ला स्तरिय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा देवदहको ग्रीनप्लाण्ट आवासिय मावि प्रथम भएको छ । 

    images
    images
    images

    प्रतियोगितामा १८० अंक प्राप्त गर्दै ग्रीनप्लाण्ट मावि प्रथम भएको हो । ११० अंक प्राप्त गर्दै बुद्ध पब्लिक आवसिय मावि प्रतियोगितामा दोस्रो भएको छ । त्यसैगरी ४५ अंक सहित सेभेन स्टार बोर्डिंग स्कुल तेस्रो भएको छ । 

    images
    images
    images

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: ६ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

    images
    images
    images

    प्रतियोगितामा विजेता विद्यालयलाई वडा नम्बर ४ का  वडा अध्यक्ष  दमननाथ रेग्मीले  पुरस्कार वितरण गरेका थिए ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हाजिरीजवाफ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।