देवदह । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले शुक्रबार मनाउने 'बुक फ्री फ्राईडे' कार्यक्रम अन्तर्गत शुक्रबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
विद्यालयको प्राथमिक तह अन्तर्गत कक्षा ४ र ५ बिच भएको प्रतियोगितामा छनोट चरण पार गरी अन्तिम चरणमा मर्करी, भेनस, अर्थ, मार्स, जूपिटर, सटरून गरी ६ समूहबिच प्रतिस्पर्धा भएको विद्यालयले जनाएको छ । प्रतियोगितामा सबै भन्दा बढी १५५ अङ्कका साथ सटरून समूहका अशिम महत, सिजन न्यौपाने, जोस्ना तामाङ र शिवानी कुँवर प्रथम, १२५ अङ्कका साथ मर्करी समूहका हिमाग्ना थापा, अमिर सेन, सुदिप ढकाल र एश्लिन थापा द्धितीय र ११५ अङकका साथ अर्थ समूहका न्यान्सी बस्याल, निलम भट्राई, सुस्मा थापा र आइज्याक थापा तृतिय भए ।
विद्यालय सञ्चालक कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्ले, जिवन तामाङ, शिक्षिका मिना कुँवर, अज्जु श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology