देवदह । देवदहमा प्रथम देवदह वडा अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । देवदह नगरपालिका वडा नं ५ को सहयोगमा स्थानिय कोलुवा फुटबल क्लबद्वारा संचालित प्रतियोगिताको मंगलबार एक कार्यक्रमबीच देवदह नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले देवदहको खेलकुद विकासमा अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिताले महत्वपुर्ण योगदान पुर्याउने बताइन् । नगरपालिकाले समग्र विकासको योजना बनाएको र खेलकुदको विकासको लागि पनि काम भैरहेको बताउँदै उनले खेलकुदका पर्वाधारको रूपमा खेलमैदानहरूको स्तरोन्नति अपरिहार्य रहेकोमा जोड दिईन् । कार्यक्रममा बोल्दै नगर प्रवक्ता समेत रहेका वडा नं ५ का वडाअध्यक्ष गणेश डुम्रेले स्वास्थ्य र अनुशासनको लागि मात्र नभई आफु बसेको ठाउँ र देश चिनाउन पनि खेलकुदको महत्वपुर्ण भूमिका हुने बताए ।
३२ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा देवदहको डि युनिटी क्लबलाई १-० को अन्तरले पराजित गर्दै नवलपरासीको जेनेथ युवा क्लब र मायादेवी युथ क्लब देवादहलाई १-० को अन्तरले पराजित गर्दै सुनवलको एसियन लाइटले अगाडिको यात्रा सुरक्षित गरेको छ ।
१७ दिनसम्म संचालन हुने प्रतियोगिताको फाइनल खेल आगामी पुष २७ गते हुने आयोजक कोलुवा फुटबल क्लबका खेल संयोजक देव थापाले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमलाई ५१ हजार १११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई ३१ हजार १११ नगद सहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने क्लबले जनाएको छ ।
मंगलबार एक कार्यक्रमबीच देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology