Logo

२०८३, श्रावण ३०गते


images
images

शिर्ष नेतालाई पूर्वराजा शाहको कटाक्ष -  'अनुहार फेरिफेरि षड्यन्त्र नगरौँ'

शिर्ष नेतालाई पूर्वराजा शाहको कटाक्ष -  'अनुहार फेरिफेरि षड्यन्त्र नगरौँ'

images
  • शिर्ष नेतालाई पूर्वराजा शाहको कटाक्ष -  'अनुहार फेरिफेरि षड्यन्त्र नगरौँ'
    images
    images

    भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका छन्।बिहीवार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा उनले शिर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि फेरि षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् ।

    images
    images
    images

    उनले अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताए । उनले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताए ।

    images
    images
    images

    उनले वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभुति भएको बताए ।

    images
    images
    images

    पूवराजा शाह भन्छन्, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवाशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभुति गरेका छन् । हामी झनै परनिर्भर, परावलम्वी बन्दै गइरहेका छौं । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं। हामी अब एकै ठाउँमा उभौँ । घृणाले घृणाको आगोलाई कतै जलाइदिऔँ । पहिले यो आगोलाई मिलेर निभाइदिऔँ । भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिऔँ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? अब अन्याय, अत्याचार मुक्त गरिदिऔँ । अनुहार फेरि फेरि षड्यन्त्र नगर । त्यस्ताको चालबाट आफूलाई बचाऔँ ।’

    पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्वराजा शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।