काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षमोहमद रिजवान अन्सारीले वर्तमान राजनीतिक नेतृत्व र उनीहरुको अकर्मण्यताको कारण देशमा प्रतिक्रियावादी शक्तिहरु सल्बलाइरहेको आरोप लगाएका छन् । अदुरदर्शी राजनीतिका कारण अहिले राजा सक्रिय भएर मुलुकमा फेरि प्रतिगमनको खतरा बढेको उनले बताए ।
केहि तत्वले राजा आउ देश बचाउ भन्ने नारा लगाउन जनतालाई उक्साइरहेको स्थिति देखा परिरहेको छ ।’ पूर्वगृह राज्यमन्त्री समेत रहेका अन्सारीले भने, ‘सरकारले यसलाई गम्भिरतापुर्वक लिएर पूर्व राजालाई पूर्व राजाको हैसियतमा दिएको सबै सुविधा कटौती गरी र कानुनी दायरामा ल्याओस ।’
अन्सारीले वर्तमान समस्याबाट मुक्त हुन अब सम्पूर्ण शोषित, पीडित, उत्पीडित वर्गको नेतृत्व गर्ने राजनीतिक शक्तिहरू एक हुनुपर्ने आवश्यकता रहेको औंल्याए ।
केन्द्रीय कार्यालय बिजुलीबजार (बबरमहलमा) आईतवार सम्पन्न पार्टीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले स्थानीय जनताको हित विपरीत पाथिभरामा निर्माण गर्न लागिरहेको केबलकारको विरोधमा सशक्त भएर विरोध गर्ने जनाएका छन् । उनले रिंकु सदाको बलात्कार र हत्यामा न्यायको विषयमा पार्टी सशक्त भएर लाग्ने समेत बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology