Logo

२०८३, श्रावण ३०गते


images
images

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः पार्टी खोलेर चुनाव लड्नुस्

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः पार्टी खोलेर चुनाव लड्नुस्

images
  • पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः पार्टी खोलेर चुनाव लड्नुस्
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौति दिएका छन । 

    images
    images
    images

    बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए  । उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौति दिए । उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए  । उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए  । 

    images
    images
    images

    अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए  । उनले गठबन्धन भत्काउने कोशिस कुनैपनि हालतमा सफल नहुने बताए  । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।