काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई न्यायपालिकाले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
शनिवार मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कुनै गल्ति नगरेकोले आफुलाई न्यायालयमाथि विश्वास रहेको बताएका हुन् ।
‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्ति आत्तिएका पनि छन् । आतंकित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण, ममाथि लगाईएको भ्रष्टाचारको मुद्धा हो ।’ उनले भने, ‘भ्रष्टाचारको केस निर्णयको अधार चाहिन्छ । माधव नेपालले एक पैसा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सानी गरेको भए, त्यसको जिम्मेवारी मैले लिन्छु । सबै गलत कामका विरुद्ध दृढताका साथ उभिनेछु । मलाई विश्वास छ न्यायपालिकाले न्याय दिनेछ । र न्यायको जित हुनेछ । अन्यायको हार हुनेछ ।’
अध्यक्ष नेपालले आफ्नो अगाडी चुनौती आएको बताउदै आफुले मैदान छोडेर नभाग्ने बताए । आँफु विरुद्धका हरेक चुनौती सामना गर्ने समेत उनले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology