Logo

२०८३, श्रावण ३०गते


images
images

माधव नेपाललाई एमालेले भन्यो : संबैधानिक आयोगका काममा प्रधानमन्त्रीलाई जोड्नु ठिक भएन

माधव नेपाललाई एमालेले भन्यो : संबैधानिक आयोगका काममा प्रधानमन्त्रीलाई जोड्नु ठिक भएन

images
  • माधव नेपाललाई एमालेले भन्यो : संबैधानिक आयोगका काममा प्रधानमन्त्रीलाई जोड्नु ठिक भएन
    images
    images

    काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संबैधानिक आयोगले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नभएको बताएका छन् ।

    images
    images
    images

    पुर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियारले मुद्धा दायर गरेको विषयमा संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै बर्तौलाले उक्त घटनामा प्रधानमन्त्रीलाई जोडेर नबोल्न आग्रह गरेका हुन् । राज्यका अंगहरुमाथि फितलो टिप्पणी गर्नु ठिक नभएको भन्दै बर्तौलाले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई नजोड्न अनुरोध गरे । 

    images
    images
    images

    उनले भने, ‘यस प्रकारको आरोप लगाउने कुरा उहाँहरुको स्वास्थ्यको लागि पनि राम्रो कुरा होइन । प्रधानमन्त्रीलाई यस विषयमा किन रुची हुनुपर्यो । संबैधानिक आयोगले गरेका काम प्रक्रियाका बारेमा प्रधानमन्त्रीले गर्यो भनेर आरोप लगाउदै जाने र राज्यका अंगहरुमा यस प्रकारका फितलो टिप्पणी राम्रो भएन । उसले गरेका कामका बारेमा राज्यका अन्य कानुन बमोजिमका अदालती संरचनाहरु छन्, त्यहिबाट यसको उपयुक्त व्याख्या हुनुपर्छ । यस प्रकारको सस्तो लोकप्रियताको लागि अभिव्यक्ति नदिन उपयुक्त हुन्छ ।’

    images
    images
    images

    अख्तियारले विहिवार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । 

    मुद्धा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बित भएको छ ।   भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

    तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिइएको थियो । २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।