Logo

२०८३, श्रावण ३०गते


images
images

माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतबाट साक्षी बुझ्ने आदेश

माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतबाट साक्षी बुझ्ने आदेश

images
  • माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतबाट साक्षी बुझ्ने आदेश
    images
    images

    काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ । 

    images
    images
    images

    आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश जारी गरेको हो ।  अदालतको आदेशसँगै अब मुद्दाका साक्षीहरूलाई अख्तयारले विशेष अदालतसमक्ष बकपत्र गराउनेछ ।

    images
    images
    images

    यसअघि माघ ७ गते विशेष अदालतले उक्त मुद्दामा सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश जारी गरेको थियो । न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको थियो  ।

    images
    images
    images

    पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नेपालसहित ९३ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएकोमा ५९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेपछि मन्त्रिपरिषदबाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरिएको थियो । 

    भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिले ठहर गरेको थियो । 

    अख्तियारले यस प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  नेपाल गत असारमा विशेष अदालतले तोकेको ३५ लाख धरौटी रकम तिरेर रिहा भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।