Logo

२०८३, श्रावण ३०गते


images
images

पर्यटन

चितवनमा ‘घुमौँ सौराहा’ अभियान सञ्चालन

चितवनमा ‘घुमौँ सौराहा’ अभियान सञ्चालन

images
  • चितवनमा ‘घुमौँ सौराहा’ अभियान सञ्चालन
    images
    images

    भरतपुर । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् ।

    images
    images
    images

    क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिए । उनले भने, “पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ”, उनले सौराहामा आउने चिनियाँ र भारतिय पर्यटकको सङ्ख्यासमेत उल्लेख्य रहेको भन्दै यी दुई देशमा समेत अभियान चलाइने बताए ।

    images
    images
    images

    “यो समयमा पनि ६० देखि ६५ प्रतिशत पर्यटक छन्, अघिल्लो बर्षको तुलनामा ५० प्रतिशत बढि पर्यटक घुम्न यहाँ आएका छन्”, उनले भने। चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीले बताए।

    images
    images
    images

    उनले जिप सफारी, हात्ती सफारीलगायतका कार्यक्रमहरू भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताए । सरकारले निकुञ्जमा अन्य रुट पनि खुला गरिदिए पर्यटकको लागि राम्रो हुने गिरीको भनाइ छ । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनसो थियो । उनले पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको बताए ।

    क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताए। “यसरी नै पर्यटकको सङ्ख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनुपर्दैन”, उनले भन “थपे लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।” सौराहामा पर्यटन आगमनमा वृद्धि भए पनि व्यवसायीले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने उनले बताए। पर्यटकको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी पाँचदेखि सात दिनसम्मको लागि बनाउनुपर्ने बताए ।

    सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका सौराहाका अध्यक्ष धु्रव गिरीले बताए । उनले सौराहामा सबै व्यवसायी मिलेर घुमौ सौराहा अभियान चलाउने तयारी गरिएको जानकारी दिए । “प्रणय दिवसको अवसर पारेर रेवानले सौराहामा फुड फेष्टिबलको आयोजना गर्दैछ”, उनले भने, “हामी धरै पर्यटक ल्याउने गरी तयारी गरिरहेका छौँ ।” उनले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बढी प्रचारप्रसार गरेर पर्यटकलाई सौरहा आउन निम्ता दिइने बताए ।

    सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकको आगमन भइरहेको बताए । उनले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताए । उनले सौराहामा कार्यक्रम र सभा सम्मेलन गर्ने गतिविधि वृद्धि भइरहेको बताए ।

    सौराहामा मात्र साना-ठूला गरी एक सय ४१ होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । यहाँ नयाँ होटल पनि खुल्ने क्रम जारी छ । यहाँ झण्डै दुई सय रेष्टुराँ छन् । रेवानमा मात्रै आबद्ध ६५ रेष्टुराँ आबद्ध छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहने गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।