Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

चितवनमा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

चितवनमा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

images
  • चितवनमा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते
    images
    images

    चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ दासढुङ्गास्थित मुग्लिङ-नारायणगढ सडकखण्डमा म्याजिक र स्कार्पियो एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

    images
    images
    images

    मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारीसाधनमा सवार यात्रु घाइते भएका हुन्।

    images
    images
    images

    म्याजिकमा सवार घाइते हुनेमा नवलपरासीको गैँडाकोट नगरपालिका-४ निवासी ४९ वर्षीया गौरी लामिछाने, सोही स्थानकी २८ वर्षीया मनिषा आले, उनका २० महिनाका छोरा पिन्स आले, चितवनको भरतपुर महानगरपालिका-१ निवासी २७ वर्षीया सीता दानी, इच्छाकामना गाउँपालिका-६ निवासी २४ वर्षीया रचना गुरुङ र सोही स्थानका ५३ वर्षीय कान्छा दागी रहेका छन् ।

    images
    images
    images

    यस्तै, स्कार्पियोमा सवार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका-८ निवासी ४५ वर्षीया कविता अग्रवाल र उनका श्रीमान् ५३ वर्षीय शशि भसाल अग्रवाल रहेका छन्।

    घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनापछि म्याजिक चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-४ निवासी ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाहीको हरिवन नगरपालिका-२ निवासी ३४ वर्षीय अशोककुमार महत कैडीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन
  • # स्कार्पियो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।