Logo

२०८३, श्रावण ३१गते


images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुलाई काबुमा राख्न नसकेको एमालेको आरोप

गण्डकीका मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुलाई काबुमा राख्न नसकेको एमालेको आरोप

images
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुलाई काबुमा राख्न नसकेको एमालेको आरोप
    images
    images

    राजेश पराजुली, पोखरा  । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीहरुलाई काबुमा राख्न नसकेको आरोप लगाएका छन् ।प्रमुख सचेतक नेपालीले सरकारको काम गराईले सकारात्मक संकेत नदेखाएको बताए ।

    images
    images
    images

    ‘हामी मुख्यमन्त्री ज्यूको एउटा प्रतिबद्धता त पाउछौँ तर, मन्त्रीहरु अलि बढि आफ्नो सम्बन्धीत मन्त्रालय भन्दा बहिर व्यस्त भएको हो की ! परम्परागत हिसाबले कार्यक्रममा प्रमुख अतिथी हुने, उद्याटन गर्ने, रिबन काट्ने कुराहरु । यस्ता खालका कार्यक्रममा मन्त्रीहरु हिडेको गुनासो छ नेपालीले भने ।’

    images
    images
    images

    अहिले कार्यक्रम उद्याटनकै लागि मन्त्री पुग्नुपर्ने अवस्था नरहेको नेपालीले बताए 

    images
    images
    images

    ‘अहिले त मन्त्री पुग्न पदैँन नी पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष हुनुहुन्छ । हरेक जिल्लामा माननिय सदस्यहरु हुनुन्छ त्यहा मन्त्रीहरु पुग्नै पर्ने हुदैँन । हाम्रो सुझाव के हो भने मन्त्री पुग्नै पर्ने वाहेक सामान्य कामहरु उद्याटन, रिबन काट्ने, प्रमुख अतिथी हुने कार्यक्रममा त प्रदेश सभाका माननिय सदस्यहरु पठाउदा नी हुन्छ, स्थानी तहका जनप्रतिनिधि हुनुन्छ । सानो भन्दा सानो कार्यक्रम पनि मन्त्रीले नछुटाएको तलबाट हामीले गुनासो पाउछौँ ।’

    हामी रचनात्मक र सृजनात्मक प्रतिपक्षको रुपमा सरकारलाई सफल बनाउने गरी सहयोग गछौँ भनेका छौँ तर, सरकारको गति त्यो खालको नदेखिएको नेपालीले बताए ।

    ‘सरकारले काम गरोस् भन्ने हाम्रो चाहना हो, हामी रचनात्मक सृजनात्मक प्रतिपक्षका रुपमा सरकारलाई सफल बनाउनका लागि सहयोग गछौँ, ‘सबै हिसाबले सहयोग गछौँ भनेका छौँ अहिले पनि हामी त्यो सहयोग गर्न तयार छौँ ।’ तर सरकारको गति त्यो खालको देखिदैँन, सरकार त्यता तिर केन्द्रीत भए जस्तो हामी देख्दैनौँ ।’

    मन्त्रीहरु अनावश्क घुमफिरमा निस्केको भन्दै नेपालीले मुख्यमन्त्रीले मन्त्रीहरुलाई कन्ट्रोल कमाण्डमा राख्न जरुरी रहेको बताए ।

    ‘मुख्यमन्त्रीको जुन ‘स्प्रिट’ छ, मुख्यमन्त्री आफैले मन्त्रीहरुलाई त्यो ढंग्ले कन्ट्रोल कमाण्डमा राख्नुभएको छ भन्ने हाम्रो बुझाइ छैन, यदी त्यो हो भने ‘मुख्यमन्त्रीले मन्त्रीहरुलाई आफ्नो कमाण्डमा राख्न जरुरी छ ।’ अहिले पनि हेर्नुभयो भने मन्त्रालयमा कमै उपस्थिति देख्नुहुन्छ मन्त्री ज्यूहरुको ।’
    संसद संचालनका लागि सरकारले बिजनेश दिन नसकेको उनले बताए ।

    ‘सदनलाई प्रभावकारी बनाउनका लागि सरकारले बिजनेश दिन सकेको छैन, नयाँ कानून बनाउने उदेश्यले प्रतिपक्ष दलको हिसाबले केही विषय ध्यानकर्षण गराउदाँ गराउदैँ पनि ती विषयहरु सदनमा आउन सकिरहेका छैनन् । कानून निर्माण मात्र हैन निर्माण भएका कानूनको अवस्था के छ भन्ने कुरा मूल्यांकन गर्ने विषयमा पनि सदनलाई त्यो हिसाबले प्रयोग गर्न सकिरहेका छैनौँ नेपालीले भने 

    सरकारले बजेट खर्च गर्ने नसकेको भन्दै उनले माघ लागिसक्दा पनि पुजिगत खर्च १५ प्रतिशत भन्दा कम हुनु राम्रो संकेत हैँन । सरकारले बजेट पास गर्ने समयमा संसदमा गरेको प्रतिवद्धता पुरा नगरेको नेपालीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।