काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको लामो समयसम्म चलेको रस्साकस्सीमा अन्ततः उपेन्द्र - बाबुराम पक्षले जीत हासिल गर्दै आधिकारिकता पाएको छ । उपेन्द्र - बाबुरामले आधिकारिकता पाएसंगै महन्त - महतो समूह पार्टीबिहिन बनेको छ ।
७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटनपछि उपेन्द्र यादव पक्ष छाडेर आफूतिर आएका र आफैंले मन्त्री बनाएका मात्र होइन, पछिल्ला वर्ष आफूसँगै रहेका एकपछि अर्को नेताले छाड्दै गरेको देखेका थिए । आइतबार मात्र पनि केही नेताले ‘पार्टी एकताका लागि उपेन्द्र यादव पक्षमै हस्ताक्षर गरौं, नभए साथ दिन सक्दैनौं’ भनेका थिए ।
तर ठाकुरले ‘म एक्लै भए पनि आफ्नो पक्षमा हस्ताक्षर गर्छु’ भन्ने जवाफ फर्काएको नेताहरु सुनाउँछन् । सोमबार निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्दा उनलाई राजेन्द्र महतोसहित १५ जना नेताले साथ दिए ।
पछिल्लो समय केपी शर्मा ओली सत्ता जोगाउन उनको पछी लागेको महन्त-महतो समुहले नत ओलीको सत्ता जोगाईदिन सक्यो न त आफ्नै दल । यसरी ओलीको उक्साहटमा पार्टीको विधि र प्रक्रिया मिचेरै अगाडि बढेको महन्त समूह ओलीकै कारण दल विहिन बन्न पुगेको हो । सत्ता विहिन बनेका ओलीले महन्तलाई पार्टी बिहिन बनाईदिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology