Logo

२०८३, श्रावण ३०गते


images
images

देशैभरि जान्छ चितवनको तोरीको तेल

देशैभरि जान्छ चितवनको तोरीको तेल

images
  • देशैभरि जान्छ चितवनको तोरीको तेल
    images
    images

    चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।

    images
    images
    images

    पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने गरिन्छ । आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गर्दछन् । बजारमा आउने तेल मिसावट हुनसक्ने आशङ्काले यही पेलेको तेल प्रयोग गर्नेको सङ्ख्या बढी हुने गरेको छ ।

    images
    images
    images

    जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको तेल बिक्री केन्द्रबाट वार्षिक ४० हजार लिटर तेल बिक्री हुँदै आएको छ । सङ्घका व्यवस्थापक विनोद खतिवडाका अनुसार यहाँ मुख्यरुपमा जिल्लामा नै उत्पादित तोरीको तेल पेल्ने गरिएको छ । गएका वर्षहरूमा दाङसहित पश्चिमका जिल्ला र वीरगञ्जबाट समेत तोरी आउने गरेको थियो । यस वर्ष भने यहींको तोरीले धानेको उनले बताए ।

    images
    images
    images

    गत आर्थिक वर्षमा एक हजार ५२ क्विन्टल तोरी ल्याएर तेल उत्पादन गरी बिक्री गरिएको उनको भनाइ छ । वार्षिक रु एक करोड ५० लाख हाराहारीको तोरीको तेल बिक्री हुने गरेको छ । सङ्घका अध्यक्ष भक्तिराम अधिकारीका अनुसार यहाँको तेल जिल्लासँगै धेरै काठमाडौँ जाने गर्दछ । यस्तै पोखरा, हेटौँडालगायत देशका विभिन्न ठाउँमा तेल पुग्ने गरेको उनले जानकारी दिए ।

    उनले भने, “आफ्नै आँखा अगाडि तोरी पेल्ने हुनाले शुद्ध तेलका लागि जो कोही यहाँ आउने गर्दछन् ।” रोजगारीको सिलसिलामा यहाँ रहेकाहरू, बाटो यो परेर अन्यत्र जानेहरू, राजधानीलगायत ठाउँमा भएकालाई उपहारका रुपमा समेत तेल लैजाने गरेको उनले बताए ।

    सङ्घले तेल प्रतिलिटर रु तीन सय ५० मा बिक्री गर्दै आएको छ । सहकारीहरुका लागि प्रतिलिटर रु १० छुट दिने गरिएको छ । भरतपुर महानगरपालिका–११ को बाइपास सडक नजिकै वशिष्ठ तेल उद्योग रहेको छ । यहाँ पेलिने तोरीको तेलमध्ये ७० प्रतिशत जिल्लाबाहिर जाने गरेको सञ्चालक कृष्णप्रसाद भट्टराईले बताए । उनका अनुसार धेरै काठमाडौँ, पोखरा, गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, धादिङलगायत जिल्लामा जाने गर्दछ । उनले भने, “स्थानीय बजारमा ३० प्रतिशत तेल जान्छ भने बाँकी ७० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ ।”

    तोरीको तेल प्रत्यक्ष रुपमा पेलेर दिइने भएकाले विश्वास जित्न सकेको भट्टराईले बताए । जिल्लाका अन्य ठाउँमा पनि निजी क्षेत्रबाट उद्योगका रुपमा तेल मिल सञ्चालनमा रहेका छन् । बाहिरबाट आउने तेलमा मिसावट हुनसक्ने भन्दै पछिल्ला दिनमा प्रत्यक्ष रुपमा पेलेर बिक्री गर्ने तोरीको तेलमा आकर्षण बढेको छ । चितवन तोरीका लागि प्रख्यात जिल्लाका रुपमा चिनिन्छ । पछिल्ला वर्षमा यहाँ तोरीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन
  • # तोरीको तेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।