Logo

२०८३, श्रावण ३०गते


images
images

जनताले सहज रूपमा सेवा पाउनुपर्छ : प्रधानमन्त्री दाहाल

जनताले सहज रूपमा सेवा पाउनुपर्छ : प्रधानमन्त्री दाहाल

images
  • जनताले सहज रूपमा सेवा पाउनुपर्छ  : प्रधानमन्त्री दाहाल
    फाइल फोटो
    images
    images

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्दै जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताएका छन ।

    images
    images
    images

    रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउँदै प्रधानमन्त्रीले स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको बताए । उनले जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्नुपर्ने बताए । प्रधानमन्त्रीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताए । शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पारे।

    images
    images
    images

    “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिति तथा पर्यटकको आगमन वृद्धि भएको छ”, उनले भने , “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्दत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।