Logo

२०८३, श्रावण ३०गते


images
images

संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ : प्रचण्ड

संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ : प्रचण्ड

images
  • सेतोमसी सहकर्मी
  • संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ : प्रचण्ड
    images
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन् । 

    images
    images
    images

    प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिनुअघि आफ्नो धारणा राख्दै उनले भावी प्रधानमन्त्री ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन् ।  

    images
    images
    images

    ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूसमेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो,’ प्रधानमन्त्रीले भने। 

    images
    images
    images

    उनले संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी लगानी रहेको जिकिर गर्दै आफूले संविधानलाई कमजोर बनाउन नदिने पनि बताए । 

    ‘ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु– कि यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ,’ प्रचण्डले भने, ‘त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन । कमजोर बनाउन पनि दिँदैन । दिने पनि छैन ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।