Logo

२०८३, आश्विन १०गते


images
images

"बुक फ्री फ्राइडे" को  सकारात्मक प्रभाव : जीवनोपयोगी सिर्जनात्मक कार्य सिक्दै विद्यार्थी 

"बुक फ्री फ्राइडे" को  सकारात्मक प्रभाव : जीवनोपयोगी सिर्जनात्मक कार्य सिक्दै विद्यार्थी 

images
  • "बुक फ्री फ्राइडे" को  सकारात्मक प्रभाव : जीवनोपयोगी सिर्जनात्मक कार्य सिक्दै विद्यार्थी 
    images
    images

    गुल्मी । गुल्मीको रुरुक्षेत्र २ ग्वादिमा रहेको भरेक आधारभुत विद्यालयले प्रत्येक  शुक्रबारको "बुक फ्री फ्राइडे" अभियानलाई निरन्तरता दिएको छ। यस शैक्षिक शत्रको बैशाखदेखि नै यस् विद्यालयले सो अभियान अन्तर्गत रहि विद्यार्थीहरुलाई विभिन्न परम्परागत एवं सिर्जनात्मक कार्यमा सहभागी गराउँदै आएको छ।

    images
    images
    images

    जस अन्तर्गत माघ २६ गते शुक्रबार विद्यालयले विद्यार्थीहरुलाई गुन्द्री बन्ने कार्यक्रममा सहभागी गराएको छ, विद्यार्थीहरुले पनि सक्रियता पुर्वक कार्यक्रममा सहभागी भई गुन्द्री बुन्न सिकेका छन् । गुन्द्री बुन्ने कार्यक्रममा स्थानीय शिवकला बरालले प्रशिक्षण दिनुभएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर मिदुनले बताउनुभयो ।

    images
    images
    images

    पछिल्लो समयमा गाउँघरमा गुन्द्री एवं चकटी बुन्ने परम्परा बिस्तारै हराउँदै गएकोप्रति दुख व्यक्त गर्दै परम्परा लोप नहोस् भन्ने उदेश्यले विद्यार्थीहरुलाई यसरी विद्यालयमै गुन्द्री बन्न सिकाइएको उहाँको भनाई रहेको छ।

    images
    images
    images

    विद्यालयले हरेक शुक्रबारको बुक फ्री फ्राइडे अभियानको लागि बार्षिक कार्यतालिका नै बनाई विभिन्न सिर्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ।

    यो भन्दा पहिले दाम्लो बाट्ने, डोरी बुन्ने, कुचो निर्माण, ढकिया निर्माण, सिन्की बनाउने लगायतका जीवनोपयोगी सिर्जनात्मक कार्यहरुमा विद्यार्थीहरुलाई सक्रिय सहभागी बनाइसकिएको र विद्यार्थीहरुले पनि त्यसलाई ब्यबहारमा उतारिरहेको विद्यालयले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुक फ्री फ्राइडे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।