Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

काठमाडौँ महानगरका संस्थागत विद्यालय ‘बुक फ्री फ्राइडे’ कार्यान्वयन गर्न तयार

काठमाडौँ महानगरका संस्थागत विद्यालय ‘बुक फ्री फ्राइडे’ कार्यान्वयन गर्न तयार

images
  • काठमाडौँ महानगरका संस्थागत विद्यालय ‘बुक फ्री फ्राइडे’ कार्यान्वयन गर्न तयार
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको बुक फ्री फ्राइडे (पुस्तकरहित शुक्रबार) कार्यक्रम कार्यान्वयनमा ल्याउन र महानगरसँग शैक्षिक सुधारका कार्यक्रममा सहकार्य गर्न तयार रहेको संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले धारणा राखेका छन् । 

    images
    images
    images

    सहरी योजना आयोग र शिक्षा विभागको संयुक्त आयोजनामा महानगरमा सम्पन्न भएको बैठकमा उनीहरुले महानगरपालिकाले तर्जुमा गरेका शैक्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न र शैक्षिक सुधारका लागि साथसाथै गर्नु पर्ने कार्यका लागि सहकार्य गर्न तयार रहेको भनाइ व्यक्त गरेका हुन् । 

    images
    images
    images

    महानगरले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको बुक फ्री फ्राइडे (पुस्तकरहित शुक्रबार) संस्थागत विद्यालयमा कार्यान्वयन गर्ने, जेठ २८ गतेदेखि असार ६ गतेसम्म टिचर्स कलेज कार्यक्रमअन्तर्गत महानगरपालिकाले शिक्षकहरुका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने, विद्यालयहरुमा सबैको पहुँच सुनिश्चित गर्न डाउन सिन्ड्रोम र अटिजमजस्ता विशेष क्षमता भएका बालबालिकाहरुका लागि कक्षा सञ्चालन गर्न विशेष क्षमता सहयोगी सहजकर्ताको परिचालन गर्ने विषय छलफलका मुख्य विषय थिए । हरेक स्रोत केन्द्रबाट प्रतिनिधित्व हुने गरी प्रधानाध्यापकहरुलाई आमन्त्रण गरिएको वैठक २ चरणमा आयोजना गरिएको थियो । बैठकमा करिब ६० जना प्रधानाध्यापक सहभागी थिए । 

    images
    images
    images

    वैठकमा प्रस्ताव गरिएका विषयमाथि छलफल गर्दै उनीहरुले, महानगरले संस्थागत विद्यालयहरुलाई यसरी छलफलमा पहिलो पटक बोलाएको उल्लेख गर्दै यसले आफूहरुले अभिभावक पाएको प्रतिक्रिया दिए । संस्थागत विद्यालयहरुले क्लबमा आधारित प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेको जानकारी गराउँदै उनीहरुले भने, ‘अभिभावकले पढ्न पढाएका नानीबाबुहरुको शैक्षिक क्षमतामा जोड दिनुहुन्छ । अन्य क्षमतामा कम जोड पाइन्छ । अभिभावकको यो मनोविज्ञान बुझेर कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्छ । यसका लागि अभिभावक शिक्षाका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यसका लागि महानगरपालिकाको शिक्षा नीति तर्जुमा देखि काम थाल्नुपर्छ ।’ बालबालिकाको विकास र बुझाइका विषय उल्लेख गर्दै उनीहरुले भने, ‘केही विद्यार्थीहरु पढाइमा पटक्कै रुचि राख्दैनन् । तर, खेलकुद, संगीत, गायन, वादन, नृत्यजस्ता क्षेत्रमा विशिष्ट प्रतिभा हुन्छ । यस्ता बालबालिकाहरुलाई उनीहरुकै रुचि अनुसारको शिक्षा र सिप प्रदान गरेर आधारभूत तह, माध्यमिक शिक्षा परीक्षा (एसइइ) को योग्यता प्रमाणित गर्न सकिन्छ कि सकिँदैन । यसरी योग्यता प्रमाणीकरण गर्ने हो भने धेरै विद्यार्थीहरु भविष्यप्रति उत्साहित हुनेछन् ।’ बालबालिकाहरुको रुचिको विषयमा कुरा गर्दै उनीहरुले थपे, ‘गेमिङ्, रोवोटिक्सजस्ता नयाँ विषयमा विद्यार्थीहरुले रुचि देखाउने गरेका छन् ।’

    महानगरपालिकाभित्र सञ्चालनमा रहेको सबै विद्यालयहरुको न्यूनतम मापदण्ड समान बनाउन महानगरपालिकाले काम थालेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । ‘अहिलेसम्म सामुदायिक विद्यालयहरुको समूह निर्माण गरेर क्षेत्रगत रुपमा हेर्ने गरिएको छ । अब सामुदायिक विद्यालय र संस्थागत विद्यालय जोडेर समान खालका कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ ।’ झाले जानकारी दिए । 

    शैक्षिक सुधारका लागि शिक्षा क्षेत्रका सेवा प्रदायक सबैलाई एउटै ठाउँमा राखेर कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता पूरा गर्न संस्थागत विद्यालयहरुसँग छलफल अगाडि बढाएका हौँ । शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘फरक ठाउँबाट कार्यक्रम सञ्चालन गरेर बालबालिकामा लाभ पु¥याउने योजना हो ।’

    वैठकमा महानगरपालिकाले आउँदो महिना आयोजना गर्ने शिक्षा सम्मेलनमा संस्थागत विद्यालयहरुको सहकार्य र सहभागिताका विषयमा पनि छलफल भएको थियो । यस्तै शिक्षक सम्मेलन, छात्रवृत्ति वितरण, शुल्क व्यवस्थापनलगायत विषय वैठकमा उठेका थिए । 

    महानगरपालिकाको नेतृत्वमा संस्थागत विद्यालयहरु सहभागी भएर आपसी सहयोगमा अगाडि बढाइने कार्यक्रमले शिक्षामा सबैको समान पहुँच हुने, बालबालिकाहरुको सर्वाङ्गीण विकासका टेवा पुग्ने, शैक्षिक क्रियाकलापमा गुणस्तरीयता वृद्धि हुने, सम्मानजनक रोजगारी सिर्जना हुने, समावेशी आर्थिक विकासमा टेवा पुग्ने बैठकले निष्कर्ष निकालेको थियो । यस्तै सार्वजनिक निजी साझेदारितामा आधारित आदर्श नमूना विद्यालय विकासको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सकिनेमा समान धारणा देखियो ।  

    सूचना र सञ्चार प्रविधिको विकास, विस्तार तथा सिर्जनशील प्रयोग विद्यालयमा बढाउन सकिने, शिक्षकहरुमा फराकिलो दृष्टिकोण बनाउन सकिने, विस्तारै सिक्ने विद्यार्थीहरुका लागि थप सिकाइका अवसर दिन सकिने, छिटो सिक्ने क्षमता भएका विद्यार्थीहरुका लागि अन्य अवसर प्रदान गर्न सकिने बैठकमा छलफल भएको थियो । 

    महानगरपालिकाले कार्यान्वयनमा ल्याएका बुक फ्री फ्राइडेभित्रका विधा, यसको सञ्चालन विधि, अपेक्षित उपलब्धीका विषयमा समूहगत छलफल गरेपछि बैठकका सहभागी प्रधानाध्यापमकहरुले सामुदायिक र संस्थागत विद्यालयको आपसी सम्बन्धले शैक्षिक रुपान्तरणतर्फमा योगदान हुने प्रतिक्रिया दिए । 

    महानगरपालिकाले प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ मा भएका व्यवस्था, विषयबस्तु छनोट र योजना, दैनिक कार्यतालिका, प्रारम्भिक बालविकास केन्द्रको न्युनतम मापदण्ड, प्रारम्भिक सिकाइ तथा विकास मापदण्डअनुसार प्रारम्भिक बाल विकास केन्द्र (इसीडी) कक्षा सञ्चालन गरिरहेको छ । ४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास (अर्ली चाइल्ड केयर एण्ड डिभलपमेन्ट, इसीसीडी), ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास (अर्ली चाइल्ड एजुकेसन एण्ड डिभलपमेन्ट, इसीइडी) र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई समेत इसीइडीको अवधारणा अनुरुप नै बालमैत्री शिक्षा कार्यान्वयन गर्ने नीति अनुरुप महानगरपालिकाले काम गरिरहेको छ । 

    पुस्तकरहित शुक्रबारका कार्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्मका बालबालिकाका लागि २५ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’ तथा कक्षा ९ र १० का बालबालिकाका लागि १० विधामा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    सङ्घीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाका लागि उपलब्ध गराइएको रकमलाई दोब्बर बनाएर उपलब्ध गराएको छ । सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रुपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको छ । पाठ्यपुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ । 

    महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय, ५२४ वटा संस्थागत विद्यालय, २७ वटा धार्मिक तथा वैकल्पिक विद्यालय र २८ वटा सामुदायिक सिकाइ केन्द्र छन् । विद्यालयमा अध्ययरत २ लाख ७२ हजार २६३ जना विद्यार्थीमध्ये सामुदायिक विद्यालयहरुमा ६१ हजार ३२९ जना र संस्थागत विद्यालयहरुमा २ लाख १० हजार ९३४ जना विद्यार्थी छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।