Logo

२०८३, श्रावण ३०गते


images
images

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश

images
  • सेतोमसी सहकर्मी
  • सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश
    फाइल फोटो
    images
    images

    महोत्तरी  । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा- ४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ।

    images
    images
    images

    आफ्नै ठाउँबाट धपिनुपर्ने पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उहाँले जग्गासम्बन्धी छानबिन गरिने प्रतिबद्धता जनाएपछि आश पलाएको हो।

    images
    images
    images

    ‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछन्,’ सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘यसपालि प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ।’

    images
    images
    images

    प्रधानमन्त्रीको निर्देशनले थारूटोल बनराका सुकुम्बासीले न्याय पाउने उनी बताउँछन्।

    रातु नदीको नदीउकास क्षेत्रमा २००० सालदेखि बसोबास गर्दै आएका आदिवासी थारू एवं मुसहर, बाँतर, चमार, खत्बेलगायतका दलित परिवारका चौथो पुस्ताका सन्तान यहाँ बस्छन्।

    विसं २०५१ मा सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएर लालपुर्जा दिने आश्वासन दिएको थियो। आफ्नो जग्गा अर्कैको नाउँमा दर्ता भएको थाहापाएपछि उनीहरु निराश छन्।

    ‘पहिला चालै पाइएन, १०–१२ वर्षपछि नचिनेका बाहिरी व्यक्ति मेरो जग्गा भन्दै आउन थाले,’ सो बस्तीकी ७५ वर्षीया रामसुनरदेवी थारू भन्छिन्, ‘अनि जग्गाबारे खोजीनीति हुन थाल्यो।’

    प्रधानमन्त्री स्वयंले तत्परता लिएभएपछि जग्गाबारे खोजबिन हुने विश्वास बढेको उनको भनाइ छ।

    थारूटोल बनरामा चार पुस्तादेखि घरझुप्रा बनाएर बसोबास गर्दै र पर्ति जग्गा खनजोत गर्दै आएका एक सय ८७ परिवारको जग्गा जति अर्कैको नाउँमा दर्ता भएपछि बिचल्ली भएको छ। ‘हाम्रो टेक्ने समाउने केही आधार रहेन,’ स्थानीय जयकरण बाँतर भन्छन्।

    सुकुम्बासीले बिहीबार प्रधानमन्त्री दाहालसँग भेटघाट गरेका थिए। थारूटोल बनराको सुकुम्बासी बस्तीको जग्गा दर्ताबारे छानबिन हुनपर्ने, जग्गा दर्ता गराउने अधिकारी र भूमाफियालाई कारबाही हुनपर्ने, बाहिरी व्यक्तिका नाममा दर्ता भएको स्वामित्व खारेज हुनपर्ने र घरझुप्रा बनाएर बसेका सुकुम्बासी तथा खनजोत गर्दै आएका भूमिहीनका नाममा जग्गा दर्ता गरिनुपर्ने सुकुम्बासीको माग छ। रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुकुम्बासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।