देवदह । देवदह बुद्धपव्लिक आवासायी माध्यमिक विद्यालय देवदह–५, ले विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालयले बार्षिकोत्सवलाई सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाएको हो । विद्यालयले बार्षिकोत्सवको अवसरमा खेलकुद, जिल्ला स्तरीय हाजिरी जवाफ, सरसफाई लगायतका कार्यक्रम गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता र देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा बार्षिकोत्सवको मूल कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले शिक्षा प्राणाली सुधार गर्न आवश्यक रहेको औल्याए । उनले व्यवहारिक र व्यवसायी शिक्षाले मात्र देशको विकास गर्न सकिने भएकोले दक्ष जनशक्ति उत्पादनमा विद्यालयहरुले विशेष ध्यान दिनु पर्नेमा जोड दिए । नगर प्रमुख खरेलले शिक्षाको विकास विना अन्य क्षेत्रको विकास हुन नसक्ने भएकोले देवदह नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर अगाडि बढेको बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका पुर्वअध्यक्ष चक्रपानी तिवारी, देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, नेकपा एमालेका प्रकाश अर्याल, विद्यार्थी अनुष्का भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा कक्षा ८,मा उत्कृष्ट अंक ल्याएर पास हुने, एसईई परिक्षामा ३.६५ जिपिए ल्याउने र कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याएर पास हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । यसैगरी सोही अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा सप्ताहव्यापी रुपमा संचालन गरिएका खेलकुदमा विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
विद्यार्थी विशेषता तिवारीको स्वागत, अनन्तराम भण्डारी र ढुडीराज मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology