Logo

२०८३, आश्विन ९गते


images
images

खेल सप्ताह

देवदह बुद्ध पव्लिकमा खेल सप्ताह : दोश्रो दिन विभिन्न प्रतियोगिता सम्पन्न

देवदह बुद्ध पव्लिकमा खेल सप्ताह : दोश्रो दिन विभिन्न प्रतियोगिता सम्पन्न

images
  • देवदह बुद्ध पव्लिकमा खेल सप्ताह : दोश्रो दिन विभिन्न प्रतियोगिता सम्पन्न
    images
    images

    देवदह । देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयमा २४औँ वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको खेल सप्ताहको दोस्रो दिन बुधवार विभिन्न प्रतियोगिता भएका छन् ।  

    images
    images
    images

    विद्यालयका खेल संयोजक बलराम ज्ञवालीको संयोजकत्वमा भएका खेलमा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images

    प्रतियोगितामा कक्षा नर्सरी तर्फ म्यूजिकल रेस, कक्षा एल के.जी तर्फ म्याथमेटिकल रेस, र कक्षा यू.के.जी तर्फ रनिङ निडल रेस सम्पन्न भएका छन् ।  

    images
    images
    images

    त्यसैगरी कक्षा १ तर्फ म्याथमेटिकल रेस, कक्षा २ र ३ तर्फ पिकअप रेस, कक्षा ४ र ५ तर्फ एक सय मिटर रेस तथा एक सय मिटर रिले रेस, कक्षा ६ र ७ तर्फ एक सय मिटर रेस, एक सय मिटर रिले रेस र दुई सय मिटर रेस तथा लङ्ग जम्पका प्रतियोगिता भएका छन् ।

    यसैगरि कक्षा ११ र १२ तर्फ एक सय मिटर रेस, दुई सय मिटर रेस, एक सय मिटर रिले रेस र चार सय मिटर रेस अन्तर्गतका खेलहरु सम्पन्न भएको विद्यालयले जनाएको छ । 

    खेल सप्ताहका विजेता विद्यार्थीलाई विद्यालयको २४औं वार्षिक उत्सव समारोहमा पुरस्कृत गरिने अतिरिक्त क्रियाकला प्रमुख ढुण्डीराज मरासिनीले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बुद्ध पव्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।