Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा फागुन १३ देखि दादुरा-रुवेला खोप अभियान संचालन हुने

देवदहमा फागुन १३ देखि दादुरा-रुवेला खोप अभियान संचालन हुने

images
  • देवदहमा फागुन १३ देखि दादुरा-रुवेला खोप अभियान संचालन हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा फागुन १३ गतेदेखि दादुरा-रुवेला खोप अभियान संचालन हुने भएको छ । स्थानीय तह स्तरीय खोप समन्वय समितिको निर्णय अनुसार फागुन १३ गते देखि १७ गतेसम्म दादुर-रुवेला खोप अभियान संचालन गर्न लागिरहेको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले जानकारी दिए । 

    images
    images
    images

    देवदहमा ९ महिनादेखि १५ बर्षसम्मका २१ हजार ८ सय ९४ जना वालवालिकालाई ५३ वटा खोप केन्द्रबाट दादुर-रुवेला खोप लगाउने तयारी गरिएको दादुर-रुवेला खोप लगाउने तयारी गरिएको छ । दादुर-रुवेला खोप अभियानमा देवदहमा क्रियाशिल स्वास्थ्यकर्मी, महिला स्वयमसेवीकालाई परिचालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । IMG-20240222-WA0001.jpg

    images
    images
    images

    अभियान अन्र्तगत बिहिबार देवदह नगरपालिका स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै बन्जाडेले नेपाल सरकार दादुर रुवेला निवारण गर्ने गरी अगाडि बढेको बताए । नियमित खोपको माध्यमबाट दादुरा रुवेला नियन्त्रण गर्ने सरकारी योजना अनुसार अभियान अगाडी बढाईएको उनको भनाई छ । 

    images
    images
    images

    सो अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले हरेक खोपबाट बालबालिका बन्चित हुन नपरोस भनेर स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्नेमा जोड दिए । सवैको सहयोग र सहकार्यले मात्र दादुर-रुवेला खोप अभियान सम्पन्न गर्न सकिने उनको भनाई छ । 

    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत, माया पुनको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, स्वास्थ्य निरिक्षक गिरी तरामु लगायतले  विचार राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दादुरा-रुवेला खोप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।