देवदह । रुपन्देहीको देवदहमा दादुरा रुवेला खोप अभियान–२०८० सुरू भएको छ ।आइतबार स्वास्थ्यकर्मीलाई खोप बक्स हस्तान्तरण गरेर नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले अभियानको सुरुवात गरे ।
नगर प्रमुख खरेलले देवदह–१२ स्थित सिक्टहन माध्यमिक विद्यालय खोप केन्द्र र उपप्रमुख गुरुङ्ले केरवानी माध्यमिक विद्यालय खोप केन्द्रबाट अभियानको सुरुवात गरेका हुन् ।
दादुरा रुवेला खोप अभियान अन्र्तगत देवदहमा ५३ स्थानमा खोप केन्द्र तोकेर वालवालिकालाई खोप लगाउने गरी काम भईरहेको स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए । देवदह नगरपालिकाले ९ महिनादेखि १५ बर्षसम्मका २१ ह्जार ८ सय ९४ जना वालवालिकालाई दादुरा रुवेला खोप लगाउने गरी अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख बन्जाडेले जानकारी दिए ।
अभियानको पहिलो दिन ९ महिनादेखि ५ वर्षसम्मका एक हजार २४० सहित जम्मा ५ हजार ७३९ जना बालबालिकालाई खोप लगाईएको स्वास्थ्य शाखाले जनाएको छ ।
पहिलो दिन देवदह क्षेत्रमा १३ वटा खोप केन्द्रबाट वालवालिकालाई दादुरा रुवेला खोप लगाएको जनाईएको छ । फागुन १७ सम्म संचालन हुने खोप अभियानमा देवदह क्षेत्रमा रहेका स्वास्थ्यकर्मी र स्वास्थ्य महिला स्वयमसेवीलाई परिचालित भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology