देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा बाल प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कक्षा नर्सरीदेखि कक्षा चारसम्मका ६५० विद्यार्थीले प्रतिभा प्रदर्शन गरेको विद्यालयका सहप्राचार्य प्रदीप अधिकारीले जानकारी दिए ।
पाँच सय जना अभिभावकसमेतको उपस्थितिमा बाल प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
बाल प्रतिभा प्रदर्शन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका शिक्षा अधिकारी टिकाराम शर्माले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको बताए । अंकमा मात्रै विद्यार्थीको योग्यता मापन नहुने उल्लेख गर्दै शर्माले सृजनशील, सीपयुक्त र उच्च सामाजिक संस्कार भएका विद्यार्थी नै देश र समाजलाई चाहिने योग्य विद्यार्थी हुने बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सगरमाथा आवासीय माविलाई अन्तराष्ट्रियस्तरको विद्यालयको रूपमा स्थापित गर्ने गरि आफ्नो टिमले काम गरिरहेको दावी गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology