Logo

२०८३, आश्विन १२गते


images
images

उज्यालो लाल्टिनको अध्यक्षमा समज्ञा अधिकारी चयन

उज्यालो लाल्टिनको अध्यक्षमा समज्ञा अधिकारी चयन

images
  • सेतोमसी सहकर्मी
  • उज्यालो लाल्टिनको अध्यक्षमा समज्ञा अधिकारी चयन
    images
    images

    रुपन्देही । रुपन्देहीको देवदहमा कृयाशिल संस्था उज्यालो लाल्टिन प्रतिष्ठानको अध्यक्षमा समज्ञा अधिकारी चयन भएकी छन् । शनिवार सम्पन्न संस्थाको पाचौं अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

    images
    images
    images

     नवनिर्वाचित समितिको उपाध्यक्षमा सुरज भण्डारी, सचिव यमुना गैरे, सहसचिव विराट भुषाल, कोषाध्यक्ष अस्मिता बलाल रहेका छन् ।  जसको सदस्यहरुमा एलिना हमाल, आस्था विक, सृष्टि भण्डारी, रेनुका थारु, उर्मिला ज्ञवाली र सोनी भण्डारी रहेको जनाईएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दौ लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बिगत ८ बर्षदेखि अनेकौं चुनौतीहरुको सामनाका बाबजुद समुदायको पक्षमा उभिएर बिसङ्गति र कुरितिको विरुद्धमा लड्दै आएको उज्यालो आफैमा एक उदाहरण अभियान रहेको बताए  । उज्यालोले स्थापनाकालदेखि नै सुरुवात गरेको नविनतम संस्कार अनुकरणीय रहेको  उनको भनाई छ ।

    images
    images
    images

     अधिवेशनमा बोल्दै संस्थाका सस्थापक अध्यक्षको अमृत लम्सालले सामाजिक कार्य र समाजसेवा भनेको एक भावना रहेको र यो भावनालाई सधैव जीवित राख्नु पर्ने बताए ।

    यसैगरी निवर्तमान अध्यक्ष सागर भट्टराईले कोभिडपछिको अस्थिर मानसिकतालाई समेटेर समाजको हितमा प्रतिबद्ध गराउन निकै चुनौतीपूर्ण रहेतापनि ढृड संकल्पका अगाडि चुनौतीको उचाई सधैं सानो हुने विचार व्यक्त गरे ।

    कार्यक्रममा सर्वोच्च अदालतका उपसचिव प्रेमनारायण पराजुली, स्थानियहरू लिला बल्लभ भट्टराई, सरस्वती बस्याल, दिपेश विक्रम मल्ल, पवन पौडेल, श्याम थापा, गोपाल पाण्डे, डा. आविष्कार पराजुली, दिपक चापागाईं लगाएतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उज्यालो लाल्टिन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।