देवदह । उज्यालो लाल्टिन प्रतिष्ठान देवदहले कार्तिक १० गते सनिबार ‘उज्यालोमा श्रष्टा’ नामक साहित्यिक कार्यक्रम गर्नेभएको छ ।
‘समजको पारदर्शिता, साहित्य र पत्रकारीता’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थापित प्रतिष्ठानले सामाजिक रुपान्तरण, न्याय, समान सहभागिता र युवा जागरणका निमिक्त अभियान संचालन गर्दै आएको छ । सोही अभियानको निरन्तरता ‘उज्यालोमा श्रष्टा’ कार्यक्रम भएको प्रतिष्ठानका सल्लाहकार सागर भट्टराईले बताए ।
कार्यक्रममा सुनसरीबाट साहित्यकार भवानी नेपाल, रूपन्देहीबाट कवि दीप मिलन गोरखाबाट गजलकार आर.सी संकल्प र मोरङबाट राज यात्री लम्सालको सहभागिता रहनेछ । यसैगरी म्याग्दीबाट, सरोज संगम, गुल्मीबाट ईन्धन डि बी भण्डारी र पाल्पाबाट पूजा जिज्ञासुले समेत रचनावाचन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक सुरज भण्डारी जानकारी दिए ।
देवदह नगरपालिकाको आर्थिक सहयोग, अनुराग साहित्य समाज र युगिन साहित्य समाज देवहको समन्वय तथा यती बु्रअरी लिमिटेडको प्रायोजनमा कार्यक्रम हुन लागेको हो ।
यसअघि दशै, तिहार र छठको अबसरमा देउसी, भैलो कार्यक्रम मार्फत जनचेनतामुलक र सेवामुखी कार्यक्रम गरेर प्रतिष्ठानले एम्बुलेन्स सेवा संचालन गरिरहेको छ । यसपालिको तिहारलाई साहित्यमय बनाउँदै सामुदायिक विद्यालमा अध्ययनरत जेहन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य सहित कार्यक्रम गर्न लागेको प्रतिष्ठानका अध्यक्ष समज्ञा अधिकारीले बताईन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology