Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा दोस्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिता सुरु

देवदहमा दोस्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिता सुरु

images
  • देवदहमा दोस्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिता सुरु
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ ।

    images
    images
    images

    देवदह नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । ३ दिन सम्म संचालन हुने प्रतियोगितामा १६ वटा विद्यालयहरुको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगिताको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका नगर प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख खरेलले विद्यार्थीहरुमा रहेका प्रतिभा प्रस्फुटन गर्न सहयोगी बन्ने बताए  ।

    images
    images
    images

    उनले खेलकुदको माध्यमबाट देवदहलाई परिचित गराउन सकिने बताउदै शिक्षा संगै खेलकुद समेत आवश्यक रहेको औल्याए । उनले खेलकुद विकासको लागि नगरपालिका लागिरहेको बताउदै त्यसको लागि सवैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

    नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले आ–आफना भनाई राखेका  थिए ।

    नगर खेलकुद विकास समितिका सदस्य मिलन मास्कीरानाको स्वागत र एलिना हमालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालय विजयी भएको छ । खेलमा एशियनलाईट बोडिङ्ग स्कुललाई २५–११, २५–११ को सोझो सेटमा हराउदै सगरमाथा आवासीय माध्यमिक विद्यालय दोश्रो चरणमा प्रवेश गरेको छ ।

    यसैगरी दोश्रो खेलमा देवदह बाडिङ्ग स्कुल दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा २५–१९, २५–१६ को सोझो सेटमा जनप्रिय माध्यमिक विद्यालयलाई हराउदै देवदह बोडिङ्ग स्कुल दोश्रो चरणमा प्रवेश गरेको नगर खेलकुद विकास समितिका सदस्य प्रताप खवासले जानकारी दिए ।

    यसैगरी प्रतियोगिता अन्र्तगत तेश्रो खेलमा महामाया भवानी माध्यमिक विद्यालय अनुपस्थित भएपछि वाकओभरको आधारमा सिता माध्यमिक विद्यालय चरेङ्गे दोश्रो चरणमा प्रवेश गरेको खवासले जानकारी दिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।