देवदह । रुपन्देहीको देवदहमा संचालित दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको फाइनलमा सगरमाथा आवासीय माध्यमिक विद्यालय र देवदह बुद्धपव्लिक विद्यालय प्रतिस्पर्धा हुने भएको छ । उपाधिको लागि बुधबार सगरमाथा र बुद्ध पब्लिक भिड्ने छन् ।
प्रतियोगिता अन्र्तगत भएको सेमिफाईनल खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालयले देवदह माध्यमिक विद्यालयलाई र देवदह बुद्धपव्लिक विद्यालयले देवदह ईङलिस बोडिङ्ग स्कुललाई हराउदै फाईनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिता अन्र्तगतको पहिलो सेमिफाईनल खेलमा २५–२२, २५–१८ को सोझो सेटमा हराउदै सगरमाथा आवासीय विद्यालय फाईनलमा प्रवेश गरेको हो । यसैगरी दोश्रो सेमिफाईनल खेलमा २६–२४, २५–२३ को सोझो सेटमा देवदह बोडिङ्ग स्कुललाई हराउदै देवदह बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालय फाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्र्तगत भएको क्वाटर फाईनल खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालयले सिता माध्यमिक विद्यालयलाई, देवदह माध्यमिक विद्यालयले न्यू लुम्विनी बोडिङ्गलाई, देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले देवदह मदरटङ्गस एकेडेमीलाई र देवदह बोडिङ्ग स्कुलले केरवानी माध्यमिक विद्यालयलाई हरादै सेमिफाईनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताका विजेताले नगद ४० हजार, उपविजेता टिमले नगद ३० हजार, तृतियले नगद २० हजार र सान्त्वना हुने टिमले नगद १० हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिए ।
देवदह नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा देवदहमा रहेका १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology