Logo

२०८३, श्रावण ३१गते


images
images

लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहको प्रशासनिक भवन उद्घाटन

लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहको प्रशासनिक भवन उद्घाटन

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनी बौद्ध विश्वविद्यालय देवदहको प्रशासनिक भवन उद्घाटन
    images
    images

    देवदह । लुम्विनी बौद्ध विश्वविद्यालय देवदहको प्रशासनिक भवन उद्घाटन गरिएको छ । देवदह नगरपालिका–८, टटेरामा निर्माणधिन लुम्विनी बौद्ध विश्वविद्यालय प्रशासनीक भवनको एक कार्यक्रमका वीच पुर्व उपप्रधान मन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन ।

    images
    images
    images

    प्रशासनीक भवनको उद्घाटन गर्दै पौडेलले लुम्विनी बौद्ध विश्वविद्यालयलाई उत्कृष्ट शिक्षण संस्थाको रुपमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए। उनले गुणस्तर शिक्षाको लागि नेपालबाट मात्र नभई अन्य देशबाट पनि विद्यार्थी अध्ययनको लागि आउने वातावरण तयार गर्न आवश्यक रहेको औल्याए  ।

    images
    images
    images

    नेकपा एमालेका उपाध्यक्ष समेत रहनु भएका नेता पौडेलले लुम्विनी बौद्ध विश्वविद्यालयलाई जग्गा प्रदान गर्न पुर्वप्रधान मन्त्री केपी ओलीको महत्वपूर्ण योगदान रहेको बताए  । तत्कालिन प्रधानमन्त्री ओलीको पालामा लुम्विनी बौद्ध विश्वविद्यालयलाई ९६ विगाहा जग्गा प्रदान गर्न सफल भएको बताउदै यसको लागि स्थानीयवासीहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताए  ।

    images
    images
    images

    नेता पौडेलले लुम्विनी बौद्ध विश्वविद्यालयले अगाडि सारेको गुरुयोजना सम्पन्न गर्न आफुले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले विश्वविद्यालय देशकै गहना भएकोले आगामी दिन करिव १ खर्वको लागितमा व्यवस्थित तरिकाले विश्वविद्यालयको भौतिक पुर्वाधार निर्माण गर्ने बताए  ।

    सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहमा लुम्विनी बौद्ध विश्वविद्यालयको भवन निर्माण संगै यस क्षेत्रको मुहार फेरिने बताए । उनले नागरिकको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्ने दावी गरे । उनले राज्यले राजश्व बढि तोकेका कारण अव्यवस्थित बसोवास जग्गाको लालपुर्जा प्रदान गर्न समस्या रहेको बताउदै राजश्वको वारेमा सहजीकरण गर्न नेता पौडेल संग आग्रह गरे ।

    लुम्विनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, प्राध्यापक डा. कपिल लामा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समयमै भवन निर्माण गरिदिएको भन्दै भवन निर्माण कम्पनीलाई सम्मान गरिएको थियो ।

    लुम्विनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आर्चायको स्वागत र देवदहका डिन उकेजराज भुजुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।