Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेश प्रमुख शेरचनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको ब्रिफिङ्ग

प्रदेश प्रमुख शेरचनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको ब्रिफिङ्ग

images
  • प्रदेश प्रमुख शेरचनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको ब्रिफिङ्ग
    images
    images

    देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई विश्वविद्यालयको आगामी कार्ययोजना बारे जानकारी गराएको छ । विश्वविद्यालयको डिन कार्यालय देवदहले प्रदेश प्रमुखलाई कार्यालयमै आमन्त्रण गरेर  विश्वविद्यालयको कार्यक्रम बारे जानकारी गराएको हो ।

    images
    images
    images

    शुक्रबार विश्वविद्यालयको डिन कार्यालय शितलनगरमा एक कार्यक्रम आयोजना गरि विश्वविद्यालयका डिन उकेशराज भुजुले प्रदेश प्रमुख शेरचनलाई देवदहमा विश्वविद्यालयले संचालन गरेका कार्यक्रम र आगामी योजनाबारे जानकारी गराएका हुन् । 

    images
    images
    images

    विश्वविद्यालयको ब्रिफिङ्ग सुने लगत्तै प्रदेश प्रमुख शेरचन विश्वविद्यालयको योजनामा पृथ्वी उमा ज्ञान केन्द्रले देवदह-८ मा संचालन गरेको मल्टिलेयर कृषि कार्यक्रमको अनुगमन गरेका थिए । 

    images
    images
    images
    प्रदेश प्रमुख शेरचन.jpg

    सो अवसरमा बोल्दै प्रमुख शेरचनले विश्वविद्यालयको योजनामा संचालित हरित उद्यम कृषि कार्यक्रममा सिंचाईको समस्या हल गर्न पहल गर्ने बताएका छन् । सोहि कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले कृषि कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । बगरमा कृषि उद्यम गर्दै आएको पृथ्वी उमा ज्ञान केन्द्रले सिंचाई र मलको अभावमा काम गर्न कठिनाई हुँदै आएको बताएको छ । 

    देवदह-८ मा विश्वविद्यालयको अत्याधुनिक प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ। हाल विश्वविद्यालयले देवदहमा स्नातक र स्नातोकोत्तर कार्यक्रम संचालन गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।