Logo

२०८३, श्रावण ३०गते


images
images

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

images
  • नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन ।

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र अनुभूति साटासाट कार्यक्रममा उनले यस्तो बताए ।

    images
    images
    images

    प्रदेश प्रमुख शेरचनले राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गरे । कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दैै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताए ।

    विगतमा संविधानको अक्षरसः पालना नहँुदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति  आवश्यक रहेको उल्लेख गरे ।

    सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश प्रमुख समक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उक्त एकेडेमीका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदेश प्रमुख शेरचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।