देवदह । रुपन्देहीको देवदहमा वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवारको आयोजना र देवदह नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको बिहिबार एक कार्यक्रमबीच देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन सभामा बोल्दै प्रवक्ता डुम्रेले खेलकुदको माध्यमबाट समाजमा रहेका नकरात्मक क्रियाकलाप अन्त्य गर्न सकिने बताए । खेललाई व्यवसायीक बनाउन सके खेलबाट पनि जीविकोपार्जन गर्न सकिने बताउंदै उनले खेलको विकाससंगै उत्पादीत खेलाडीको संरक्षणको लागि नगरपालिका लागिरहेको बताए ।
कार्यक्रम स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष विनोदकुमार गुरुङ्गको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष खडकबहादुर पुनको स्वागत र सचिव जयबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्घाटन खेलमा ज्योतिनगर टोल देवदह–६, विजयी
प्रतियोगिताको उद्घाटन खेलमा ज्योतिनगर टोल देवदह–६, विजयी भएको छ । सरनवारीलाई ३–१ को सेटमा हराउदै ज्योतिनगर टोल दोश्रो चरणमा प्रवेश गरेको हो ।
खेलको पहिलो सेटमा सरनवारीले २५–२३ मा जित्न सफल भएको थियो । तर त्यसपछिका सेटमा ज्योतिनगर टोलले २५–११, २५–१३, २५–१६ मा ३ सेट जित्न सफल भयो ।
प्रतियोगिताका विजेताले नगद ४१ हजार, उपविजेताले नगद ३१ हजार, तृतिय हुने टिमले नगद २१ हजार र सात्न्वना हुने टिमले नगद ७ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए । प्रतियोगितामा विधागत पुरस्कार समेत राखिएको छ ।
प्रतियोगितामा रुपन्देही, पाल्पा, स्याङ्गजा, नवलपरासी जिल्लाका खेलाडीहरु सहभागि रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology