देवदह । रुपन्देहीको देवदहमा संचालित वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि न्यू देवदह भलिवल क्लब देवदह–७, ले हात पारेको छ । प्रतियोगिताको फाईनल खेलमा चरंगे भलिवल क्लब देवदह–१० लाई सोझो सेटमा हराउदै न्यू देवदह भलिवल क्लबले उपाधी जितेको हो ।
फाईनल खेलमा चरंगे भलिवल क्लब देवदह–१० लाई २५–२२, २५–२३, २५–२३ मा हराउदै न्यू देवदह भलिवल क्लबले नगद ४१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता बनेको चरंगे भलिवल क्लबले नगद ३१ ह्जार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता अन्र्तगत भएको सेमिफाईनल खेलमा न्यू देवदह भलिवल क्लबले स्याङ्जा पिढीखोलालाई हराउदै फाईनलमा प्रवेश गरेको थियो । यसैगरी चरेङ्ग भलिबल क्लबले देवदह–५ लाई हराउदै फाईनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा स्याङ्जा पिढी खोलालाई हराउदै देवदह–५ तृतिय भएको छ । खेलमा २५–२३, १५–१३, मा दुई सेट जित्दै देवदह–५, तृतिय हुदै नगद २१ ह्जार, ट्रफी प्राप्त गरेको छ । तृतियको लागि भएको खेलमा २५–१५ मा एक सेट जित्दै स्याङ्जा पिढी खोला सान्तवना हुदै नगद ७ हजार प्राप्त गरेको खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए ।
स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेता खेलाडीहरुलाई देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले पुरस्कार प्रदान गरिन् । स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष विनोदकुमार गुरुङ्गको अध्यक्षता प्रतियोगिता सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology