Logo

२०८३, श्रावण ३१गते


images
images

आज दिउँसो राजिनामा दिने तयारिमा गण्डकीका मुख्यमन्त्री पाण्डे

आज दिउँसो राजिनामा दिने तयारिमा गण्डकीका मुख्यमन्त्री पाण्डे

images
  • सेतोमसी सहकर्मी
  • आज दिउँसो राजिनामा दिने तयारिमा गण्डकीका मुख्यमन्त्री पाण्डे
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज राजीनामा दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका पाण्डेले प्रदेश सभामा आफ्नो समर्थनमा बहुमत नपुग्ने भएपछि राजिनामा दिने तयारी गरेका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री पाण्डेले आज अपरान्ह ४ बजे सम्म राजिनामा दिने मुख्यमन्त्रीको सचिवालय स्रोतले पुष्टि गरेको छ । यसलाई मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले पनि पुष्टि गरेका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री पाण्डेले २२ चैतको राति १२ बजेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनका लागि हिजो संसदमा जानकारी गराउनुपर्नेमा त्यसो नगरी उनले राजिनामाको तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि संसदमा जानकारी गराउनुपर्ने समयमा मुख्यमन्त्री पाण्डेले मंगलबार हिजो आफ्ना सांसद संग सल्लाह गरेका थिए ।

    images
    images
    images

    तत्कालका लागि संसदमा बहुमत नपुग्ने निस्कर्षका साथ राजिनामा दिने तयारीमा मुख्यमन्त्री रहेको कांग्रेस गण्डकी प्रदेशका उपसभापति समेत रहेकी प्रदेशसभा सदस्य कल्पना तिवारीले जानकारी दिइन् । ‘राप्रपा अनिर्णित हुँदा तत्काल विश्वासको मत लिन सक्ने अवस्था रहेन । त्यसैले मुख्यमन्त्रीले राजिनामा दिने नै निस्कर्षमा हुनुहुन्छ, उनले भनिन् ।

    अहिले गण्डकी प्रदेश सभामा राप्रपा सरकार बनाउन निर्णायक छ । दुई सदस्य रहेको राप्रपाले २७ चैतसम्म कुनै पनि राजनीतिक गठबन्धनमा सामेल नहुने अडान राख्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री पाण्डे
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।