Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह व्यापार संघको भित्ते पात्रो विमोचन

देवदह व्यापार संघको भित्ते पात्रो विमोचन

images
  • सेतोमसी सहकर्मी
  • देवदह व्यापार संघको भित्ते पात्रो विमोचन
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा कृयाशिल  देवदह व्यापार संघले भित्ते पात्रो विमोचनसंगै नव वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार संस्थाको कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै   व्यापार संघले भित्तेपात्रो विमोचन गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद जानकी न्यौपानेले देवदहमा रहेका व्यापारीहरुलाइ व्यापारको नाममा राजनीतिक नगर्न अनुरोध गरेकी छन् । उनले अहिलेको अवस्थामा व्यापार नभएर पसलको सटर बन्द गर्ने अवस्थामा आएकोले सबै मिलेर व्यापार सुधार्नेतर्फ अगाडि बढ्न पर्ने बताइन् । 

    images
    images
    images

    उनले व्यापारीहरुले आफ्नै स्थानिय तहमा उत्पादन भएको वस्तु तथा सामान बेच्ने हो भने स्थानीय तहमा कृषक तथा साना उद्यमी सफल रहने बताइन । अबको अवस्थामा व्यापारीहरुले भारतको समानलाइ रोकेर स्थानीय उत्पादनलाइ प्राथमिकता राखेर व्यापार गर्न आवश्यक रहेको उनको भनाइ छ। 

    images
    images
    images

      कार्यक्रममा सल्लाहकार चक्रपानी तिवारी, ठकुरी समाज देवदहका अध्यक्ष शिला मल्ल, राष्ट्रिय स्वन्त्र पार्टिका नगर सभापति किरण भण्डारी लगायतले बोलेका थिए। 

     कार्यक्रम देवदह व्यापार संघका अध्यक्ष   कोषबहादुर गुरुङको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव  हरिलाल भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह व्यापार संघ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।