देवदह । देवदह व्यापार संघको ११औं स्थापना दिवसमा आयोजित रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ । शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ११ जना नयाँ सहित ६० जना रक्तदाताले रक्तदान गरेको संस्थाका कार्यसमिति सदस्य पवन पौडेलले जानकारी दिए ।
रूपन्देहीको देवदह नगरपालिका क्षेत्रमा क्रियाशील देवदह व्यापार संघको संस्थाको ११ औं स्थापना दिवसको अवसरमा कार्यालय भवन पानबारीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले व्यवसायिक संघसंस्थाहरूले व्यवसायीलाई संगठित गर्दै उत्पादनमा जोड दिनुपर्ने बताइन् ।
देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले व्यवसायीको हकहितको क्षेत्रमा काम गरिरहेको देवदह व्यापार संघले आगामी वर्षहरूमासमेत सामाजिक कार्यमा आफुलाई निरन्तर जोड्दै लैजाने अपेक्षा गरिन् ।
देवदह व्यापार संघले संस्था स्थापना दिवसको अवसरमा जनप्रिय माध्यमिक विद्यालय भलुहीका विद्यार्थीलाई छात्रावृत्ति समेत हस्तान्तरण गरेको संस्थाका अध्यक्ष कोष बहादुर गुरुङले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology