देवदह । देवदह व्यापार संघले शुक्रवार सदस्य दुर्घटना बिमा वापतको रकम हस्तान्तरण गरेको छ । देवदह–९ भलुही निवासी संस्थाका सदस्य तथा अंकिता फेन्सी स्टोर्सका प्रोपाईटर स्व. गणेश खनाल र कामाख्या पान पसलका प्रो. स्व. गीतादेवी शर्माको परिवारलाई बिमा वापतको रकम प्रदान गरिएको अध्यक्ष कोष बहादुर गुरुङले जानकारी दिए ।
खनालको परिवारलाई एक लाख रुपैंया बराबरको दुर्घटना मृत्यु दावी विमा रकम र शर्माको परिवारलाई एक लाख बराबरको दुर्घटना मृत्यु दावी विमा रकम र बिस हजार रुपैंया क्रिया खर्च रकम प्रदान गरिएको अध्यक्ष गुरुङले बताए ।
भारतको कुम्भ मेला स्नान गरी फर्किने क्रममा गत फाल्गुन ५ गते तिर्थालु सवार गाडी दुर्घटनामा परी संघका सदस्य देवदह ९ निवासी ४५ वर्षीय गणेश खनाल र उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल तथा संघका अर्का सदस्य ४० वर्षिया गीता देवी शर्माको मृत्यु भएको थियो ।
शुक्रवार अध्यक्ष गुरुङ सहित संघका पदाधिकारी तथा सदस्यहरुले स्वर्गीय खनालको निवासमै पुगेर छोरी अंकिता खनाल र छोरा अनुज खनाललाई विमा वापतको रकम प्रदान गरेको हो । यस्तै स्वर्गीय शर्माको निवासमा पुगि उनका श्रीमान् हरिप्रसाद शर्मालाई समेत विमा वापतको रकम प्रदान गरेको संघका वरिष्ठ उपाध्यक्ष माधव ढकालले जानकरी दिए ।
व्यापार संघमा करिव एक हजार सदस्य रहेको र हरेक बर्ष नविकरण गरेको आधारमा सदस्यको बिमा गरिने संस्थाका महासचिव हरिलाल भण्डारीले जानकारी दिए । उनले सदस्य नविकरण भएको ३५ दिन भित्र उनीहरुको ब्मिा गरिने जनाउँदै दुर्घटनाको हकमा घाइतेहरुको समेत एक लाख रुपैंयासम्म उपचार खर्च पाउनेगरी विमा गरिएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology