Logo

२०८३, आश्विन १७गते


images
images

जुनसुकै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना : राष्ट्रपति

जुनसुकै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना : राष्ट्रपति

images
  • सेतोमसी सहकर्मी
  • जुनसुकै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना : राष्ट्रपति
    images
    images

    सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रर्वद्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    चतराधाममा मंगलबारदेखि सुरु भएको १२ बर्षे कुम्भमेलाको उद्घाटनमा नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसाथ गर्न आग्रह पनि गरे ।

    images
    images
    images

    ‘जनता आफैंले बनाएको हाम्रो संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ’, उनले भने, ‘यो दर्शनलाई आत्मसाथ गर्दै राजनीतिमा जो–जो जताजता भएपनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ । कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

    images
    images
    images

    राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु भएको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको विचार व्यक्त गरे ।

    ‘धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु हो । बुद्ध, ईशा र हजरत महमदले यही भनेका हुन् । आर्य वैदिक सनातनीहरूले हजारौं वर्ष पहिलेदेखि भन्दै आएको कुरा हो यो । वेदमा भनिएको छ ः– ॐ द्यौ शान्तिरन्तरिक्षः शान्तिः रापशान्तिः ……….. इतयादि’ पौडेलले भने, ‘त्यो बेला आजको जस्तो जलवायु परिवर्तन भएको थिएन । शायद हाम्रो वरपरको वातावरण प्रदुषित भैसकेको थिएन । तैपनि वैदिक मन्त्र द्रष्टाहरूले हावा, पानी, माटो र वायुमण्डल एवं वनवृक्षहरू समेतको शान्तिको कामना गरे । त्यतिमात्र हैन विश्वदेवा शान्ति, ब्रह्म शान्तिसम्मको आरधना गरे । त्यसैले अबको युग वैदिक संस्कृतिको पुनरुत्थानको युग मान्दा र त्यो अनुसारको चिन्तन र आचरणमा चल्न सक्ने हो भने आजको जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कलहकोसमेत समाधान भेटिनेछ भन्ने मलाई लाग्छ ।’ उहाँले त्यतिमात्र नभएर पूर्वीय दर्शनले अभिप्रेरित गरेको सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि मूल लक्ष्य भएको पनि स्पष्ट पारे ।

    उनले ऋषिमहर्षिहरूको तपोभूमी, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थ स्थल बराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतराधामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभुती भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मात्र होइन विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको पनि बताए ।

    राष्ट्रपति पौडेलले नेपाल भौगोलिक, आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले उच्चतम स्थान भएको र हिमालयको काखमा अवस्थित् सुन्दर र शान्त नेपालमा कैयांै महिमामय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल तथा प्रकृतिको वरदानकारुपमा प्रशस्त नदीनाला, हिमश्रृङ्खला, तालकुण्ड, आश्रम वा तपोभूमिहरू रहेको उल्लेख गर्दै परापूर्वकालदेखिनै हिमश्रृङ्खलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान व्यक्तित्वहरूको जन्म, तपसाधना र उहाँहरूबाट मानवजातिको सर्वोत्तम हितका लागि व्यक्त विचारका कारण यसको आफ्नै महत्व र महिमा रहँदै आएको पनि बताए ।

    राष्ट्रपति पौडेलले आन्तरिक तथा वाह्य पर्यटनको प्रवर्धन, विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने, राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौकिताको संरक्षण, सम्बद्र्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव भएको बताउँदै गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विभिन्न देशका भक्तजनरू एकै ठाँउमा भेला भई विद्वत् सम्मेलन गर्ने, कुम्भ मेलाकै अवसरमा सामूहिक ब्रतमन्ध गर्ने, साहित्यिक गतिविधिहरू सञ्चालन गरिनुले सामाजिक जागरणमा समेत सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यवद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उदेश्यलाई साकार रुप दिन आवश्यक भएको पनि बताए ।

    ‘यस क्षेत्रको संरक्षण र संवद्र्धन तथा समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गर्ने र अल्प, मध्य तथा दीर्घकालीन रुपमा गरिनेसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता मैलै देखेको छु’ उनले भने, ‘तीनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी मुलुकको समृद्धिमा योगदान पुर्‍याउन सकिने पनि मैले ठानेको छु ।’

    उनले स्कन्दपुराणको हिमाद्रि खण्डको अध्ययनपश्चात् अमृतका थोपा मात्र झरेका ठाँउमा मित्र राष्ट्र भारतका चार स्थानहरू प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लागिरहेको सन्दर्भमा नेपालमा अमृतको तर बटारेर पिण्ड नै राखेको ठाँउमा कुम्भमेला लगाउनु झन युक्तिसंगत हुन्छ भन्ने शास्त्रार्थ गरेर शंकाराचार्य, जगद्गुरु, धर्माचार्य एवम् विशिष्ट सन्त, महन्तसमेतलाई सहभागी गराई नेपालको कुम्भलाई विश्वकै कुम्भका रुपमा स्थापित गराउन गर्नुभएको प्रयासका लागि जगतगुरुको प्रशंसा पनि गरे ।
    यसैबीच उनले श्रीराधा सर्वेश्वर मन्दिरमा दर्शन तथा पूजा, अर्चना गर्नुभयो भने त्यहाँ निर्माण गरिएको आचार्य केशवशरण स्मृति भवनको समुद्घघाटन पनि गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।